२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खेलाडी चोटमुक्त हुँदा अस्ट्रेलिया उत्साही

एकदिवसीय विश्वकप क्रिकेट उपाधि रक्षाको अभियानामा रहेको अस्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क र जस हाज्लेउड चोटमुक्त हुँदै अभ्यासमा फर्किने संकेत गरेसँगै उत्साही बनेको छ।

आन्ध्र प्रदेशमाथि नेपाली युवा टोलीको रोमाञ्चक जित

कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अनुशासित ब्याटिङ गरेपछि भारत भ्रमणमा रहेको नेपालको यु–१९ टोलीले घरेलु टोली आन्ध्र प्रदेश यु–१९ टोलीमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ।

भरपर्दा खेलाडीलाई विश्राम दिँदा युवा क्रिकेट टोली पराजित

भरपर्दा खेलाडीलाई विश्राम दिएको खेलमा नेपालको यु–१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेश यु–१९ टोलीसँगको दोस्रो अभ्यासमा हार बेहोरेको छ।  यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि भारत भ्रमणमा रहेको नेपाल शुक्रबारको अभ्यास खेलमा घरेलु टोलीसँग ७२ रनले स्तब्ध भएको हो।

एसिया कप ह्विलचेयर नेपालमा

विश्वमै पहिलो पटक हुन लागेको एसिया कप ह्विलचेयर क्रिकेट प्रतियोगिता नेपालमा सञ्चालन हुने भएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजक ह्विलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो।

रंगशालाको पूर्वाधार निर्माण धमाधम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

टि–२० विश्वकपको एशिया छनोट खेलतालिका सार्वजनिक

सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ। आइसिसीले बुधवार सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको छ।

मार्की खेलाडी र मालिक सार्वजनिक

एनसिएल स्पोर्ट्सको आयोजनामा वैशाखमा हुने पहिलो एनसिएल विमेन्स ट्वान्टी–२० क्रिकेट लिगमा सहभागी ४ टोलीका मार्की खेलाडी र टिम मालिक घोषणा भएका छन्। एनसिएलले सोमबार राजधानीमा एक कार्यक्रमबीच मार्की खेलाडी र टिम मालिक सार्वजनिक गरेको हो।

टेस्ट क्रिकेटमा अफगानिस्तानलाई सफलता

अफगानिस्तानले टेस्ट क्रिकेटमा ऐतिहासिक जित दर्ता गर्ने क्रममा आयरल्यान्डमाथि सात विकेटको विजय हात पारेको छ। टेस्ट क्रिकेटमा सँगसँगै पाइला टेकेको आयरल्यान्डलाई स्तब्ध बनाउँदै अफगानिस्तानले मंगलबार पहिलो पटक टेस्टमा सफलता प्राप्त गर्याे।

रेखा थापा फ्रेन्चाइज क्लबकाे मालिक

प्रख्यात नायिका रेखा थापा क्रिकेट टाेलीकाे फ्रेन्चाइज मालिक बनेकी छिन्। बलिउडमा शाहरुख खानसहित विभिन्न कलाकारले क्रिकेट क्लब सञ्चालन गरिरहेका बेला रेखाले काठमाडौं सुपर च्याम्पियन्स क्लबकाे फ्रेन्चाइज मालिक बनेकी हुन्। आफू काठमाडौं सुपर च्याम्पियन्सकाे मालिक बनेकाे रेखाले नागरिक न्यूजलाई जानकारी दिइन।

रंगशालाको पूर्वाधार निर्माण धमाधम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।

दोस्रो टेस्टमा न्युजिल्यान्डलाई सफलता

निल वाग्नरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिँदा न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो टेस्टमा इनिङ र १२ रनको जित निकालेको छ।

फराकिलो अन्तरमा श्रीलंका पराजित

दक्षिण अफ्रिका भ्रमणमा रहेको श्रीलंकन टोली दोस्रो एकदिवसीय क्रिकेटमा फराकिलो अन्तरले पराजित भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले भ्रमणकारी श्रीलंकालाई १ सय १३ रनले हराएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन

रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस” ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिएका हुन्।

बैशाखमा केपीएल सिजन–२ हुने

दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) बैशाखमा सञ्चालन हुने भएको छ। आयोजक कर्णाली क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरेर समय र मिति घोषणा गरेको हो। प्रतियोगितामा तीन विभागीयसहित आठ वटा टीमको सहभागीता रहने अध्यक्ष जीवन शाहीले जानकारी दिए।

क्रिकेट प्रतियोगिता आयोजना गर्न पूर्वाधार अभाव

पछिल्लो समय क्रिकेट खेलप्रति आमनेपालीको आकर्षण बढ्दै गए पनि यहाँ पूर्वाधार अभावमा प्रतियोगिता गर्न समस्या हुने गरेको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये चार जिल्लामा क्रिकेट संघका जिल्ला समिति गठन छन्। वर्षमा एक–दुई पटक मात्रै यहाँ क्रिकेटका गतिविधि हुने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्