२१ आश्विन २०८१ सोमबार
image/svg+xml

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले बनायो ३ नयाँ कीर्तिमान

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अफगानिस्तानले ३ नयाँ कीर्तिमान बनाएको छ। शनिबार राति सम्पन्न आयरल्याण्डसँगको तीन खेलको सिरिजमा २–० को अग्रता लिदै अफगानिस्तानले एक खेल अगावै शृंखला जित्यो।

धनगढी प्रिमियर लिग : सिवाइसी अत्तरियालाई उपाधि जित्न १२४ रनको लक्ष्य

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जित्न सिवाइसी अत्तरियाले १२४ रनको लक्ष्य पाएको छ। फाप्ला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएपछि अत्तरियाले फाइनल जित्न १२४ रनको लक्ष्य पाएको हो।

पाकिस्तानसँग क्रिकेट खेल्ने विषयमा सचिन र विराटको मत बाझियो

विश्वकप क्रिकेटमा पाकिस्तानसँग खेल्ने विषयमा प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर र भारतीय टिमका कप्तान विराट कोहलीबीच मत बाँझिएको छ। सचिनले भारतले नखेले पाकिस्तानलाई फाइदा हुने भन्दै खेल्नुपर्ने धारणा राखेका छन्। भारत नखेल्दा पाकिस्तानले २ अंक पाउने उनको भनाई छ। भारतले विश्वकपमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै सचिनले फेरि एकपटक पराजित गर्ने समय आएको बताए।

नेपाली महिला क्रिकेट टोली थाइल्यान्डमा

मंगलबारबाट हुने आइसिसी महिला एसिया छनोट प्रतियोगिता खेल्नका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली शनिबार थाइल्यान्ड पुगेकाे छ।

बालबालिकामा क्रिकेट क्रेज बढ्दै

केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले।

विश्वकप छनाैट खेल्ने महिला क्रिकेट टाेलीकाे घाेषणा

थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिताको लागि १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ।

नेपालमा पहिलोपटक महिला च्याम्पियन्स लिग क्रिकेट हुने

नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ।

भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्याण्डले जित्याे टी-२० सिरिज

न्युजिल्याण्डले भारत विरुद्धको टी-ट्वान्टी श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। तीन खेलको सिरिज एकएकको बराबरी रहेको अवस्थामा आइतबार सम्पन्न रोमाञ्चक अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डले भारतलाई ४ रनले पराजित गरेको हो।

आइसिसीले पठायो २१ खेलाडीको तलब

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन्।

डीपीएलकाे खेल तालिका परिवर्तन, साेमबार पहिलाे खेल

शनिबारदेखि सुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)  क्रिकेट प्रतियोगिता साेमबार अर्थात माघ २८ देखि सुरु हुने भएकाे छ। धनगढीमा वर्षा भएपछि प्रतियाेगिताकाे खेलतालिकामा हेरफेर गरिएकाे आयोजकले जानकारी दिएकाे छ।

दृष्टिविहीन महिला क्रिकेट टोलीको स्वागत

पाकिस्तानमा भएको दृष्टिविहीन महिला क्रिकेटमा पाकिस्तान विरुद्धको ५ खेलको टी– २० श्रृंखलामा शानदार जित हासिल गरेकाे नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ।

सरकारले क्रिकेट खेलको विकासलाई महत्व दिएको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकोमा बधाई तथा शुभकामना दिएका छन्।

२०१५ मा गुमेको टी–२० वरियता युएई सिरिज जितेपछि प्राप्त

नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को वरियतामा समावेश भएको छ। युएईविरुद्धको तीन एक दिवसीय र तीन टी–२० सिरिज जितेपछि नेपाली टोलीलाई आइसीसीले वरियतामा समावेश गरेको हो।

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने

युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ।

प्रतिपक्षको कांग्रेस र नेपाली क्रिकेट

दक्षिण एशियामा ब्रिटिस उपनिवेशले कैयन् सभ्यता छाडेर फर्किए। त्यसमध्ये राजनीतिमा संसदीय व्यवस्था र खेलमा क्रिकेट पनि हो। ब्रिटिसहरूले बोल्ने अंग्रेजी भाषा दक्षिण एशियामा मात्र सीमित रहेन। यो अन्तर्राष्ट्रिय भाषा भयो।नेपालमा लोकतान्त्रिक व्यवस्था भन्नाले संसदीय व्यवस्था भन्ने नै बुझिन्छ। अहिले नेपाल कम्युनिस्ट पार्टी सत्तापक्ष छ भने नेपाली कांग्रेस प्रतिपक्षमा छ। सत्तापक्षले एकवर्ष पूरा गर्दैछ। एकवर्षमा सत्तापक्षले राजकाजमा खेलेको भूमिकाको मूल्यांकन र चर्चा चलिनैरहेका छन्। यहाँ प्रतिपक्षले एकवर्षमा खेलेको भूमिकाको चर्चा सान्दर्भिक होला। तर त्योभन्दा अगाडि पारस खड्काको नेपाली क्रिकेट टिमले युनाइटेड अरव इमिरेट्समा प्राप्त सफलताको चर्चा जनमानसमा बढी भएकाले क्रिकेटवाट कुरा अगाडि बढाउँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्