१४ असार २०८१ शुक्रबार
image/svg+xml

गुल्मीका किसान केरा खेतीमा आकर्षित

मालिका गाउँपालिकाका केही वडामा मात्रै केरा खेती हुन्छ। केराखेती बारे कृषकमा प्राविधिक ज्ञान, तालिम आदिको अभावले विभिन्न रोग र किराले आक्रमण गर्ने सरसफाइको अभावमा बोट मर्नेलगायतका समस्या रहेको कृषि प्राविधिक बताउँछन् ।

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।

कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।

किसानको मुख्य समस्या नै बाँदर

भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन्।

बाँदर आतंकले किसान हैरानी: कुरुवा बस्दै बित्छ दिन

बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन्। जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ।

लघुवित्तको वित्तीय सेयर रजिष्ट्रार सम्बन्धी काम सनराइजले गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर भएको छ। मर्जरपश्चात् साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ।

किसानका दुःख- मकैबालीमा दिनभरी बाँदर, रातभरी बँदेल

अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ।

भारतीय मलकै भरमा खेती

यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्।

किसानलाई महानगरको ४४ लाख रुपैयाँ अनुदान

व्यवसायिक पशुपालन गर्ने किसानलाई पोखरा महानगरपालिकाले प्रोत्साहन गर्दै आएको छ। पशुपालक किसानलाई महानगरपालिकाले आर्थिक वर्षको शुरुवातसँगै प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ।

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन। मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे।

विपद् प्रभावित किसानलाई राहत

बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ।

सडक भत्किंदा खेतमै तरकारी कुहिंदै

दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एक मात्र सडक खलङ्गा-तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्