बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि
संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।
संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।
स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ। आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
विश्वको आर्थिक वृद्धिमा देखिएको सुस्तताले निम्त्याउनसक्ने महत्वपूर्ण आर्थिक सङ्कटका समयमा पनि आफूले अमेरिकी आर्थिक विकासलाई सुनिश्चित गर्नेगरी काम गर्ने फेडरल रिजर्बका प्रमुख जेरोम पावेलले शुक्रबार बताएका छन्।
चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ।
अघिल्लो आर्थिक २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ।
अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ। दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ। जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ।
उत्पादन लागतका आधारमा बजार विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्न सरकारले गठन गरेको कार्यदलले दूधको मूल्य बढाउन सिफारिस गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रमा मुलुकको आर्थिक वृद्धिदरलाई ११ प्रतिशतसम्म पु-याउने दाबी गरेका छन्।
माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ।
देशभर चोरीका घटनामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो।
अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष चाप सुन खरिद–बिक्रीपरेको छ। चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।
उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
प्रदेश ३ मा तीन वर्षको अवधिमा जबरजस्ती करणी (बलात्कार) ६३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा बलात्कारका एक सय ४३ उजुरी दर्ता भएकोमा २०७४/०७५ मा वृद्धि भई एक सय ९२ र २०७५/०७६ मा दुई सय २८ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालय, हेटौंडा प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले बताए।
हरेक वर्ष विदेशबाट कृषिजन्य वस्तु आयात बढिरहेको बेला गत वर्ष सवा करोड क्विन्टल कृषि उत्पादन बढेको छ। अनुकूल मौसम, सिँचाइ, मलको व्यवस्थाले गत आव ०७५/७६ मा एक करोड २४ लाख ४८ हजार क्विन्टल (१२ लाख ४४ हजार आठ सय २१ मेट्रिक टन) खाद्यान्न, तरकारी र उखुको उत्पादन बढेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।
किसानले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका छन्। पछिल्लो तीन वर्षदेखि दूधको मूल्य नबढेको भन्दै किसानले मूल्य बढाउनुपर्ने माग राखेका हुन्।