२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

रायोको साग बेचेर लाख आम्दानी

गाउँबाट खाली आएका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ।

भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो

भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

दाँत कोट्याउने सिन्कामै सम्भावना

हाम्रा भान्सादेखि दैनिक कार्यव्यवहारमा आउने बाँसको सानो सिन्काको यात्रा निकै लामो छ। हाम्रो आफ्नै बाँसबाट होइन, यो चीनमा उत्पादन भएर हामीसम्म आउने गरेको हो।

साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न ६१ खर्ब चाहिने

सरकारले आगामी एक दशकमा मुलुकभित्र करिब २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

श्रमिकको अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्।

युवाका नाममा खर्च भइरहेको करोडौँ रुपैयाँको प्रतिफल खोइ ?

एकातिर उत्पादनशील जमिनबाट पर्याप्त उत्पादन लिन सकिरहेका छैनौँ भने अर्कातिर युवा रोजगारको खोजीमा बिदेसिएका छन्। स्वदेशमै रहेका युवाहरू पनि स्वदेशमै रोजगारका लागि भौतारिरहनु परेको छ।

किसानलाई प्रोत्साहन गर्न रैथाने बीउ मेला

‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरे।

जलविद्युत् उत्पादनमा सरकारभन्दा निजीक्षेत्र अघि

नेपाल विद्युत् प्राधिकरणको फागुन मसान्त २०८० सम्मको विद्युत् उत्पादन विवरणअनुसार, सरकारभन्दा निजीक्षेत्र विद्युत् उत्पादनमा अग्रपंक्तिमा देखिएको हो।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जिल्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्।

‘सेनिटरी प्याड’ उत्पादन सुरु

इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्।

खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडेका छन्। अम्रिसोको फूल (कुचो) को भाउ नआएपछि उनले नथुती बगानमै छाडेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्