७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

महिलाको नाममा भू-स्वामित्व बढ्दै

मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ।

मुलुकमा १४२ जातजाति, मातृभाषा १२४

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम परिणामअनुसार नेपालमा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र १० विभिन्न धर्मावलम्बी रहेको पाइएको छ।

जनगणना नतिजामा अलमल

जनगणनाको महत्त्व विभिन्न हिसाबले छ। जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य संख्या एकिन हुन्छ।

जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ।

चुनावले नचिनेको यौनिक अल्पसङ्ख्यक

२०७९ को निर्वाचनमा एक पारालिङ्गी पुरुष र एक पारालिङ्गी महिला वडा सदस्यमा निर्वाचित भएका छन्। मितिनीको तथ्याङ्क अनुसार मुलुकको सिङ्गो शासनसत्तामा यौनिक अल्पसङ्ख्यकको सहभागिता यिनै २ सदस्यले धानेका मान्नुपर्ने हुन्छ।

जनगणना सङ्कलनका लागि लिएका विधि र सिद्धान्त सही छैनन्ः पूर्वअर्थमन्त्री पाण्डे

समितिको आजको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनगणना सङ्कलनका लागि लिइएको विधि र सिद्धान्त नै ठीक नभएको प्रतिक्रिया दिए।

विदेशमा बस्ने पुरुष ७९ हजारले बढ्दा महिला डेढ लाख बढे

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण अनुसार हाल विदेशमा रहेका महिलाको कुल संख्या ४ लाख ६१ हजार ३ छ। १० वर्षअघि यस्तो संख्या २ लाख ३७ हजार ४ सय थियो।

मुलुकको जनसांख्यिक चित्र

जनसंख्या वृद्धि दरमा कमी आउनुलाई स्वाभाविक मानिएको छ। बढ्दो शैक्षिक अवस्था, घट्दो प्रजनन दर, बढ्दो बाह्य बसाइँ सराइ, सामाजिक चेतनामा वृद्धि, लैंगिक विभेदमा आएको कमी तथा विवाहको सरदर उमेर बढ्दा जनसंख्याको सरदर वार्षिक वृद्धि दर प्रभावित भएको हो।

विदेशमा अनुमान गरिएभन्दा थोरै नेपाली

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म भारतबाहेकका मुलुकमा रोजगारीका लागि जान भन्दै करिब ५५ लाखले श्रम स्वीकृति लिएका छन्। कतिपय व्यक्ति श्रम स्वीकृति नलिई पनि वैदेशिक रोजगारीमा चोरीको बाटो हुँदै जाने गरेका छन्।

जनसंख्या २,९१,९२,४८०ः १० वर्षमा करिब २७ लाख थपिए

पछिल्लो दशकमा परिवारको आकार साँघुरिएको छ। १० वर्षअघि प्रतिपरिवार ४.८८ सदस्य रहेकोमा अहिले यो संख्या ४.३२ मा झरेको छ। प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार सहरी क्षेत्रमा सालाखाला ४.२५ र ग्रामीण क्षेत्रमा ४.५५ सदस्य छन्।

जनगणनामा पहिचान सूचीकृत गराउन दबाब

जनगणनाको तथ्यांक इन्ट्री गर्ने समय नजिकिँदै गर्दा विभिन्न जातजाति आफ्नो पहिचानबारे सचेत हुँदै जातीय सूचीमा सूचीकृत गराइदिन सधैंजसो केन्द्रीय तथ्यांक विभागमा ज्ञापनपत्र बुझाउन र दबाब दिन आउने गरेको विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए।

जनगणनाको प्रारम्भिक नतिजामा लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ।

राष्ट्रिय जनगणना २०७८ सम्पन्न

केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्