१२ आश्विन २०८१ शनिबार
image/svg+xml

१२ वर्षे पूर्ण महाकुम्भ मेला आजदेखि सुरु हुँदै

सुनसरीको चतरामा मंगलबारदेखि महाकुम्भ मेला सुरु हुँदै छ। चैत महिनाको शुक्ल प्रतिपदा (चैत २७ गते) देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।

माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा

मिथिलाको महाकुम्भ पनि भनिने माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पुरा गरेका छन्।

आईपीएल २०२४ः यी टिमका दिग्गजले फिर्ता लिए नाम

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी २२ मार्चबाट सुरु हुँदैछ। तर, आईपीएल २०२४ का लागि छनोट भएका केही दिग्गज खेलाडीहरू भने खेल्न नपाउने भएका छन्।

वराहक्षेत्र मन्दिर व्यवस्थित गर्न नगरपालिकाले योजना बनाउँदै

प्रख्यात तीर्थस्थल वराहक्षेत्रको विकासमा नगरपालिकाले योजना बनाउने भएको छ। वराहक्षेत्र मन्दिर नगरको सबैभन्दा विकट क्षेत्र १ नं. वडामा पर्छ ।यसको सरसफाई, भौतिक संरचनाको काम, थप विकास र अन्य सरोकारवाला निकायसँग सहकार्य एवम् समन्वय गरेर पर्यटकलाई थप आकर्षण गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्ने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

'नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ।'

अर्ध महाकुम्भ मेलामा करोड बढी भक्तजन भित्र्याइँदै

सुनसरी चतराधाममा यही चैत २३ गतेदेखि सुरु हुने ‘दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला’को तयारी तीव्र पारिएको छ। प्रदेश १ सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई जिम्मेवारी दिई मेलाको काम तीव्र पारिएको हो। महाकुम्भ मेलाका लागि आवश्यक तयारी गर्न प्रदेश सरकारले मन्त्री कार्कीलाई जिम्मेवारी तोकेर खटाइसकेको छ। शास्त्रीय प्रमाणका आधारमा हुन लागेको उक्त मेला एक महिनासम्म चल्नेछ।

भुकुटीमण्डपको जुत्ता मेलामा ३० वटा ब्रान्ड

भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्ष्य गरेर सुरु गरिएको ‘शुभविवाह महाकुम्भ जुत्ता मेला’मा विभिन्न ३० ब्रान्डको जुत्ता राखिएको छ। फागुनमा विवाहको लगन र पार्टी हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएको छ।

महाकुम्भमा वसन्तको कविता सार्वजनिक

कवि एवं गीतकार वसन्त चौधरीले भारतको उत्तरप्रदेशस्थित मेरठमा भएको ‘क्रान्तिधरा मेरठ साहित्य महाकुम्भ’ मा आफ्नो कविता संग्रहको विमोचनसँगै कविता पनि सुनाएका छन्।

फुटबलको महाकुम्भ शुरु

फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटन समारोह सुरु भएको छ । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा नेपाली समयअनुसार आज बिहीवार साँझ २०:१५ बजे उद्घाटन समारोह सुरु भएको छ । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन्।

नुवाकोटमा स्काउटको महाकुम्भ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

घाँटीमा स्काफ कोही स्वागतद्वार बनाउदै थिए। कोही बाँस चिरिरहेका देखिन्थे। कोही सरसफाई गरिरहेका थिए भने कोही रंग लगाइरहेका देखिन्थे। कोहीचाँही विभिन्न भौतिक संरचना बनाउन व्यस्त देखिन्थे। ती संरचना बनाउने तथा काम गर्नेहरुलाई शिवराम अर्याल निर्देशन दिइरहेको देखिन्थे।

स्काउटको महाकुम्भ हुँदै

नेपाल स्काउटले स्काउटको महाकुम्भ मानिने ज्याम्बोरी गर्ने भएको छ। जेठ १६ गतेदेखि २१ गतेसम्म ज्याम्बोरी गर्न लागेको स्काउटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

पाँच वर्षपछि खेल महाकुम्भ सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेसँगै शुक्रबार विराटनगरको सहिद रंगशालाबाट सातौं बृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु भएको छ। ३५ खेलमा कुल ४ हजार २९ खेलाडीले ३५ खेलका विभिन्न इभेन्ट्समा ३ सय २८ स्वर्ण, ३ सय २८ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो खेल महोत्सव राष्ट्रपति भण्डारीले शुक्रबार मध्याह्न एक समारोहबीच उद्घाटन गरिन्।

नेपाली खेलकुदको महाकुम्भ आजबाट

सांस्कृतिक नृत्य, खेल कौशल र कवाज प्रदर्शन गर्दै शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सुरु हुँदैछ। एक साता हुने बृहत् राष्ट्रिय खेलकुदमा ४ हजारभन्दा बढी खेलाडीले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गर्ने छन्। ती खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ काँस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्