१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भैरहवा भन्सारको व्यापार घाटा ९ महिनामै डेढ खर्ब नाघ्यो

चालु वर्षका ९ महिनामा भैरहवा भन्सारको व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ। देशकै दोस्रो ठुलो नाका भैरहवा भन्सारको चैत मसान्त सम्मको व्यापार घाटा १ खर्ब ६८ अर्ब ८३ करोड ९९ लाख छ।

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ। लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन्।

व्याजदर वृद्धिले मर्कामा

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्याजदर बृद्धिले उद्योगी, व्यवसायी मर्कामा परेको बताएका छन्।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ। यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो।

चुहावट नियन्त्रण गर्न बुटवल–लुम्बिनीमा प्रसारण लाइन

रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धिदर प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ।

बुटवलमा २ अर्बको लगानीमा आधुनिक कृषि बजार बन्दै

पशुपन्छी, फलफुल लगायतका कृषि उपजको भण्डारणका लागि वैज्ञानिक प्रविधिसहितको गोदामघर, बीउ भण्डारणका लागि छुट्टै गोदाम घर निर्माण गरीने छ। केन्द्रमा खाद्यान्न, फलफुल, तरकारी, पहुपन्छी तथा दुग्धजन्य उत्पादनको गुणस्तर नाँपजाँच तथा निर्धारणकालागि अत्याधुनिक प्रयोगशाला र प्रशोधन केन्द्र पनि निर्माण गरिने छ।

कपिलवस्तुमा युरिया मल आउन सुरू

ओमनबाट भारतको कोलकत्ता हुँदै नेपालको वीरगन्ज नाकाबाट ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिएको हो। सो मल कृषि सामाग्री रुपन्देहीले जिल्लाका कृषि सामाग्री लिमिटेडमा पठाउन सुरु गरेको हो।

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।

दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्।

ध्वस्त बन्दै तौलिहवाको कृषि बैंकदेखि महिता जाने बाटो

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।

गौतम बुद्ध विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकका पाँच काउण्टर

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा वाइडबडी जहाजको परीक्षण उडान सफल

लामो समयको प्रतिक्षापछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। बिहीबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले परीक्षण उडान गरेपछि यो विमानस्थल सञ्चालनमा आएको हो।

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्