३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पोखरा सडक महोत्सवः पाँचदिनमा पाँचलाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य

२५ औं पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य आयोजकले लिएका छन्। महोत्सवको २५ औं संस्करण विहीबारदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पाँचदिनसम्म चल्ने महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आयोजना गरेको हो।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक, टंगालको अप्रिकस क्याफे र ठमेलको ठमेल मोमोतारू रेस्टुरेन्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई मोक्षमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वरका द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने सम्झौता भएको छ।

आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव

आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।

दाङमा होटेल रेस्टुरेन्ट बेलुका ७ बजेसम्म मात्रै खोल्न पाइने

जिल्ला प्रशासन कार्यालयले बसको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा स्वास्थ्यका सबै मापदण्ड पालनामा कडाई गरिने पनि जनाएको छ।

पोखरामा तीनदिने सडक महोत्सव सुरु

बिहीबार महोत्सवमा फरकफरक ठाउँका सांस्कृतिक झाँकी प्रदर्शन गरियो, जसमा भक्तपुरको कुमारी नाच, हिमाली जिल्लाको याक नाच, गुरुङ समुदायको छ्याँडु र घाटु नाच, भजन किर्तन, थारु नाच लगायत थिए।

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।

रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता दिन माग

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)ले आगामी आर्थिक वर्षको बजेटले ठूलो लगानी रहेको र उल्लेख्य रोजगारी दिइरहेको रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता नदिएको भन्दै गुनासो गरेको छ। रेबानले लामो समयदेखि रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता दिन माग गर्दै आएको थियो।

एउटै रेस्टुरेन्टमा १२ थरी मःमः

डिल्लीबजारस्थित पाँच सय वर्गफिट क्षेत्रफलको आउटलेटमा एकपटकमा २६ जनाले सेवा लिन सक्छन्। टेक अवे र होम डेलिभरी सेवा पनि लिन सक्ने अर्का सञ्चालक मैनालीले बताए। फूडमाण्डू डेलिभरी पार्टनरको रूपमा आवद्ध भएको छ।

सिनेमा, नाटकघर र पार्टी प्यालेस व्यवसाय धरापमा

सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै सिनेमा हल र पार्टी प्यालेस खोल्न बन्देज लगाइरहेका बेला अन्य रेस्टुरेन्ट तथा बार र कफीसपमा भने अत्यासलाग्दो भीड बढेको छ।

रिसोर्टमा आउन थाले पाहुना

लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजेर रिसोर्टमा बस्न पुगेका छन् ।

पोखराका होटल तत्काल नखुल्ने

सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् ।

लकडाउनपछि खुलेका रेस्टुरेन्टको कमाइः ‘बत्ती र पानीको पैसा तिर्न पनि पुग्दैन’

कोरोना महामारीबीच सरकारी अनुमतिपछि लेकसाइडका केही होटल र रेस्टुरेन्ट त खुले, तर, ती रेस्टुरेन्टले निकै नै कम आकारमा स्थानीय पाहुना पाएका छन् । होटलले भने एकाध सोधपुछबाहेक पाहुना स्वागत गर्न सकेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्