९ मंसिर २०८१ आइतबार
image/svg+xml

विदेशी च्यानलमा विज्ञापन रोक

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले अबदेखि विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्न पाउने भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लिन फिड) व्यवस्थासहितको ‘आमसञ्चार नीति ०७३' पास गरेको हो।

विदेशबाट युवती डाक्दै ठगी

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो।

सरकारले विदेशी पाहुनालाई राख्न ‘स्विट’ भवन बनाउने

काठमाडौँ- नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।

कांग्रेस सांसद खबरै नगरी विदेश

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा दर्ता सरकारविरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका सांसद भने भटाभट विदेश भ्रमणमा निस्केका छन्।

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

अवैधानिक रुपमा विदेश लैजाने कार्य निरुत्साहन गर्न विशेष योजना ल्याइने

काठमाडौँ– श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मर्यादित, व्यवस्थित तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सरकार प्रयत्नशील रहेको बताए। व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ आज दिँदै उनले मुलुकभित्र रोजगारीको उपयुक्त अवसर नभएका कारण वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई निरन्तर कम गरिने उल्लेख गरे।

काँचो सुनचाँदी ल्याउन प्रतिबन्धविरुद्ध विदेशका नेपाली आन्दोलित

साउदी अरब—विदेश बसोबास गर्ने नेपालीले घर फर्किंदा साथमा काँचो सुनचाँदी लैजान नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध खारेजीको मागमा ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गरेको छ ।

बुढाऐर र भारीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने अवसर

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका नरेश वुढाऐर क्यानडा र सुसन भारी इङल्याण्डका क्लबमा खेल्न जाने भएका छन्।

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा उग्रवादी समूहले हमला गरेर केही मानिसलाई बन्धक बनाएका छन्।

विदेश जाने सन्तानब्बे प्रतिशत कामबारे अनभिज्ञ

काठमाडौ- वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले बताएको छ।

विदेश पठाउँछु भन्दै २५ लाख असुली

प्रहरीले ठगी आरोपमा पिएचडी ज्योतिषका ज्ञातालाई आश्रमबाट पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा पुण्यप्रसाद दंगाललाई थानकोटको अरविन्› योग आश्रमबाट पक्रेको हो।

नेपाली कामदारले विदेशबाट पैसा पठाउँदा शुल्क नलिन सरकारलार्इ निर्देशन

काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्