२९ वैशाख २०८१ शनिबार
image/svg+xml

‘शुद्ध मंगल ज्यादा सावधान’ दुबईमा प्रतिबन्ध

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’ दुबई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।

१६ थान प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

उदयपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार मध्यान्ह १२ बजेर ३० मिनेटमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा-१३ असारीमा नियमित चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

हास्य कलाकारको प्रतिबन्धविरुद्ध आक्रोश

भारतका समाचार प्रस्तोता अर्नब गोस्वामीलाई उनको शैलीमा उडिरहेको विमानभित्र प्रश्न सोध्ने हास्य कलाकार कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ।

विप्लव समूहमाथि ‘निर्मम’ बन्नुहोस्ः गृहमन्त्री

राज्यले प्रतिबन्ध लगाएको समूहलाई सहयोग गर्ने जनप्रतिनिधिलाई पनि नछोड्नुहोस्। आपराधिक समूहको संरक्षणकर्ता पनि अपराधी नै हो।

प्लास्टिक प्रतिबन्ध भए के गर्ने ?

तपाईं–हाम्रो दैनिक जीवनमा प्लास्टिक अभिन्न अङ्ग बन्न पुगेको छ तर यो यति हानिकारक छ कि सबै जसो समुद्रका प्राणीको काल बन्न पुगेको छ। त्यसैले त हरेक देशले यसको प्रयोगमाथि प्रतिबन्ध लगाउन नसके पनि नियन्त्रण गर्न ठूलै कसरत गर्न थालेका छन्।

सरकार तत्काल भारतसँग छलफल गर्दै

चालु आर्थिक वर्षका पाँच महिनामा १० अर्ब ४६ करोड ५० लाखभन्दा बढीको कच्चा पदार्थ र तयारी तेल आएको भन्सार विभागको तथ्यांक छ। पोहोर वर्षभरिको यो तथ्यांक १२ अर्ब ९८ करोडभन्दा बढी थियो।

३६ थान प्रतिबन्धित लागुऔषधसहित एक पक्राउ

उदयपुरका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको त्रियुगा नगरपालिका ६ स्थित सप्तरीको सीमा नाकास्थल लालपत्ताबाट सार्वजनिक यातायात विङ्गर (भ्यान) चढेर गाईघाटतर्फ आउँदै गरेका प्रहरी चेकजाँच गर्ने क्रममा त्रियुगा ११ का २४ वर्षीय विनोद चौधरी पक्राउ परेका हुन्।

प्रतिबन्ध : विज्ञापन कि अभिव्यक्तिमा ?

पूर्ण अभिव्यक्ति स्वतन्त्रता रहेको समाजमा कस्तो सामग्री छाप्ने वा नछाप्ने भन्ने निर्णय मिडिया सम्पादकले तय गर्न पाउनुपर्छ। त्यसैले संविधानको धारा १९ ले जुनसुकै सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने सुनिश्चित गरिएको छ। कुनै विज्ञापन छाप्ने वा नछाप्ने भन्ने निक्र्यौल पनि सो मिडियाले नै गर्छ।

नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन।

सन्तोषको आगमनमा आर्मीलाई सफलता

आर्मीका लागि सन्तोषले ७९औं मिनेटमा फ्रिकिकबाट अग्रता दोब्बर पारे। जारी लिगमा पहिलो पटक देखिएका सन्तोषले गोलसँगै खेलमा पुनरागमन गरेको संकेत गरे। अनौठौ शैलीमा दुवै कान समाएर दर्शकदीर्घातिर फर्किएका उनले डेढ महिनाको प्रतिबन्ध आफ्ना लागि निकै पीडादायक भएको सुनाए।

रूसमाथि चारवर्षे प्रतिबन्धको खतरा

विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए) को आश्चर्यजनक प्रतिवेदन सार्वजनिक भएसँगै रूसका एन्टी डोपिङ (आरयुएसएडिए) प्रमुख युरे गानोसले मंगलबार आफ्नो राष्ट्र आगामी ४ वर्षका लागि सबै खाले प्रतियोगिता खेल्नबाट वञ्चित हुने सम्भावना रहेको बताएका छन्।

भारतले प्रतिबन्ध हटाएपछि जडीबुटी निकासी गर्ने व्यवसायी उत्साहित

भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन्।

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।

अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्दै प्रशासन

हङकङ सरकारले सार्वजनिक भेलामा सहभागी भएकालाई अनुहारमा मास्क लगाउन प्रतिबन्ध गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्