चुरा - पाेते बजारमा साउने राैनक
साउन जारी रहेको र हिन्दु महिलाको पर्व तिज नजिकिँदै गएकोले काठमाडौं, इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउनदेखि तिज र दसैंसम्म लगाउन नौगेडी किन्न लागेको उनी बताउँछिन्।