आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
गुल्मीका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।
गुल्मीका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।
गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।
बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ।
बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ।
सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।
हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका– १ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्।
अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।
केही वर्षअगाडिसम्म मंसिर लाग्दै गर्दा मुस्ताङको सबैजसो भागमा हिउँ पर्ने हँुंदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुसपछिको जाडो छल्न तल पोखरा तथा काठमाडौंलगायतका सहर झर्थे।
दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन्।
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउ लगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो।
स्याङ्जाको गल्याङ नगरपालिका– ११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाख रुपैयाँको बीउ आलु निर्यात भएको छ।
गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदाय स्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ।
इलाम नगरपालिका वडा ६ का वडाध्यक्ष मदन श्रेष्ठ पेसाले व्यापारी पनि हुन् । उनको पसलमा अहिले आलुको बीउ विक्रीका लागि छैन।तर, नजिकैका पसलमा चाहिँ स्थानीय बिटे आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँमा किनबेच भइरहेको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन्।
खुकुलो माटोमा कुनैपनि रासायनिक मल प्रयोग नगरि फलाएको मुस्ताङको आलु पोखरा लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ। किसानका अनुसार आलुलाई बजारको अभाव छैन। जेठमा रोपेको आलु अहिले बल्ल खन्ने बेला भएको स्थानीयले बताएका छन । बाख्राको मल हालेर गरेको खेती भएकोले यो आलु शुद्ध अर्गानिक उत्पादन भएको किसानको भनाई छ ।