२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘सिधा कुरा’ विरुद्ध अवहेलना मुद्दा दर्ता

अदालतको अवहेलना भएको भन्दै ‘सीधा कुरा’ नामक युट्युब च्यानलसहितलाई सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

छोराका कारण आमाविरुद्ध पनि भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएर उनकी आमाका नाममा जग्गा किनेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

‘टेरामक्स भ्रष्टाचार’ मा मुद्दाको तयारीमा अख्तियार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्बौं रूपैयाँ अनियमितता भएको विषयमा छानबिन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग दोषी देखिएकाविरुद्ध मुद्दा दर्ताको तयारीमा छ।

लागूऔषध कारोबारीको घेरामा कर्णाली: हुम्लाबाहेक सबै जिल्ला पुगे कारोबारी

प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोबारी भेटिने गरेको पाइएको हो। हुम्लाबाहेक कर्णालीका सबै जिल्लामा लागूऔषध कारोबार हुने गरेको प्रहरी रेकर्डमा देखिएको छ।

अख्तियारको धरापमा उच्च पदस्थ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ ।

सड्दै करोडौंका सखुवा र सवारी

वर्षाैंदेखि करोडौं रूपैयाँका सखुवाका काठ र सवारीसाधन सरकारी कार्यालयको आँगनमै कुुहिएर गइरहेका छन्।

सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

भ्रष्टाचार मुद्दा दर्ता

छायानाथ रारा नगरपालिका-७ मा बन्दै नबनेको बाटो निर्माण सम्पन्न भइसकेको भन्दै रकम विनियोजन गरी भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

रविविरुद्ध फेरि मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

मन्दिरको जग्गा हडप्ने ३१ विरुद्ध मुद्दा

तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा, खरिदारसमेत गरी ३१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

फर्जी बीलको भुक्तानी दिने हाकिमविरुद्ध मुद्दा, लेखापाललाई उन्मुक्ती

उक्त गाउँपालिकाको वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाएर फर्जी बील बनाई रकम भुक्तानी गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

गायिकाको हत्यामा जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकाल्दै मुद्दा दर्ता गरेको छ।

मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता

उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ।

शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा: सांसद् बिमला भन्छिन्- मलाई सिध्याउन खोज्नेलाई छोड्दिन

लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्‍याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्