२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।

कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।

व्यावसायिक च्याउ खेतीप्रति आकर्षण

पोखरा महानगरपालिका ११ का ध्रुवबहादुर थापाले २०७४ देखि काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गरी व्यावसायिक च्याउ खेती गर्दै आएका छन्।

वसन्ते मकैखेती विस्तार गर्दै सुदूरपश्चिम प्रदेश

मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेती विस्तार भइरहेको छ।

रासायनिक मल हाल्न ड्रोन

युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो

कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ। सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ।

सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ ।

बाँकेका किसान चैते धानखेतीमा

बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।

डाक्टरलाई कारबाही माग गर्दै आफन्त आन्दोलनमा, ६ दिनदेखि शव अस्पतालमै

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गयो।

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

बुबाको क्रियाका लागि माइत आएकी महिलाको हत्या

धनुषाको सहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित गहुँ खेतमा एकजना महिलाको शव फेला परेको छ।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्