२१ आश्विन २०८१ सोमबार
image/svg+xml

त्रिभुवन आर्मी १० विकेटले विजयी

प्रतियोगिताअन्तर्गत बुधबार समूह ‘बी’ का खेल हुनेछन्। ‘बी’ चरणको सुरुआत खेल नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच हुनेछ।

इटहरीमा सामूहिक १२ घण्टे मौन ब्रत

जलवायु परिवर्तनका कारण विश्वका सबैजसो क्षेत्रमा सचेतना र असर न्यूनीकरणसम्बन्धी कार्यक्रमहरु चलिरहेका छन् । नेपालमा पनि यस्ता कार्यक्रम हुँदै आएका छन् । जलवायु परिवर्तनलाई पृथ्वीको प्राकृतिक प्रक्रियाभित्रको गतिविधी मानिन्छ ।

अनुमानअनुसार धान उत्पादन नहुने

अनुकूल मौसमका कारण यस वर्ष सुनसरी र मोरङमा धान उत्पादनले नयाँ रेकर्ड राख्ने अनुमान गरिए पनि फौजी किराले सोचेअनुसार परिणाम नआउने भएको छ। धान उत्पादनको उर्वर भूमि मानिएको यी दुई जिल्लामा पछिल्ला वर्षमध्ये यो वर्ष सबैभन्दा बढी धान फल्ने प्रक्षेपण गरिए पनि अगौटे धानमा किरा लागेकाले सोचेअनुरुप नहुने भएको हो।

बसमा युवतीको सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

बसमा सामूहिक जर्वरजस्ती करणी गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९.३० वजेको समयमा धरानवाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाईं इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

मदिरा पिएर आफ्नै नातेदारको हत्या

मदिरा पिएर विवाद हुँदा छुरा प्रहार गरि सुनसरी भोक्राहा–नरसिंहका एक पुरुषको हत्या भएको छ। भोक्राहा–नरसिंह वडा नं. ५ का ४५ वर्षीय वहाव मियाँको छुरा प्रहारबाट सिकिस्त भएकोमा आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको हो।

सय केजी धान चोरी गर्ने जेल चलान

सय केजी धान चोरी गर्ने इटहरीका एक युवा जेल चलान भएका छन्। इटहरी वडा नं. १० का २२ वर्षीय हेमनारायण चौधरी जेल चलान भएका हुन्।

इटहरीमा फस्टाउँदै यौनधन्दा

आर्थिक प्रलोभन देखाएर युवतीलाई यौनधन्दामा लगाउनेक्रम इटहरी र आसपासका क्षेत्रमा बढेको छ। यहाँका होटल रेष्टुरेन्टहरूले विभिन्न प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाउने गरेका हुन्।

मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्।

मेयर द्वारिकलाल चौधरीद्वारा फेरि क्षमायाचना

इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि महिलाप्रति क्षमायाचना गरेका छन्। मेयर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन्।

‘यौनधन्दा’ नियन्त्रण गर्न दबाब

छ वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याबिन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरेको व्यापाक गुनासो प्रहरीसमक्ष आउने गथ्र्यो। प्रहरीले बेलाबेलामा होटल निगरानी गर्दा पनि कुनै सुधार हुन सकेको थिएन।

खानेपानीमा भ्रष्टाचार भएको प्रकरण उत्कर्षमा

‘छानबिन भएपछि बोलेको के रहेछ, यकिन हुन्छ,’ उनले भने, ‘छानबिन सकेर म भ्रष्टाचारी भए जे जे सजाय भोग्न पनि तयार, आरोपमा पुष्टि हुने आधार चाहियो? छानबिन गरेर प्रमाणित गर्न चुनौती दिनबाहेक अहिले त अरु त म के नै पो गर्न सक्छु र !’

मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो।

सुनसरीमा १३०९.४ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण

२०२२ सालदेखि ०४५ सालसम्मका सप्तकोसी बाढीपीडितले वन क्षेत्रकै जग्गा ओगटेर घर बनाएर वन क्षेत्रकै जग्गा उपयोग गर्दै आएका छन्। पछिल्लो समय थुप्रै परिवारले वन क्षेत्रकै जग्गा ओगट्दै छन्।

यस्तो देखियो इटहरीमा होलीको रौनक (फोटो फिचर)

समानतको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लापूर्वक मनाइँदैछ। प्रेम र स्नेहको चाड होलीको अवसरमा इटहरी तथा आसपासका प्रायः हरेक चोक तथा भित्री क्षेत्रका मुख्य मुख्य स्थानमा भेला भएर रंग दलेर पर्व मनाइ रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्