२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण सम्पन्न भएको छ।

दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग निर्माण सुरु

सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारः पाँच वर्षमा ४६ प्रतिशत मात्रै प्रगति

‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन।’

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन।

मुग्लिन-पोखरा सडकः पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

नारायणगढ–बुटवल सडकखण्डः म्याद सकिन ६ महिना बाँकी, पूरा होला त काम?

वि.सं. २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ।

पुल्चोक-गोन्द्राङ ६ लेन सडक : दुईपटक म्याद थप्दा ७५ प्रतिशत काम

पुलचोक-गोन्द्राङ ६ लेन सडक निर्माण पूरा भई चिल्ला गाडी गुडिरहनुपर्नेमा ७५ प्रतिशत काम मात्र पूरा गरिएको छ।

चक्रपथ विस्तार: मुख्य ट्रयाक अन्याेलमा, सर्भिस ट्रयाक अलपत्र

चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्।

जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ।

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ।

मुग्लिन पोखरा सडक: डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ।

सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक: ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्