२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दुहबीमा सडक विस्तार गर्न नदिन सत्याग्रह

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने सोझो ‘लिङ्क’ रोडको विराटनगर–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न नदिन स्थानीय शुक्रबार एकदिने सत्याग्रहमा बसेका छन्।

केशलिया–बुढीखोला करिडोर निर्माण यसै वर्षदेखि थाल्छौँ :मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया–बुढीखोला करिडोरको निर्माण यसै वर्षदेखि सुरु गर्ने बताएका छन्।आज विराटनगरमा केशलिया–बुढीखोला करिडोरको डिपीआर प्रतिवेदन बुझ्दै कार्कीले यसै वर्षदेखि करिडोर निर्माण सुरु गर्ने जानकारी दिएका हुन्।

८० विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले ‘नगरप्रमुख आवास योजना’ अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका आवासीय घर सोमवार हस्तान्तरण गरिएको बताए।

सुनसरीको एक कुखुरा फर्ममा बर्डफ्लु, पंक्षीजन्यलाई नष्ट गरिदैँ

सुनसरीको दुहबी नगरपालिका ३ स्थित एक कुखुरा फर्ममा बर्डफ्लु रोग संक्रमण पुष्टि भएपछि पंक्षीजन्य नष्ट गर्ने काम भइरहेको छ।

दुहबी–कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालन

लामो समयदेखि विवादमा रहेको दुहवी–कटहरी ३३ केभी प्रसारणलाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले हालसालै कटहरी सबस्टेसन निर्माण गरेर उक्त प्रसारणलाइन सञ्चालनमा ल्याएको हो।

दुहबी–कटहरी विवाद समस्या, मुख्यमन्त्रीको पहलमा समाधान

स्थानीयवासीको अवरोधका कारण निर्माण रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइनको काम अब सुचारु हुने भएको छ। प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईको पहलमा शुुक्रबार सर्वपक्षीय सहमति भएपछि प्रसारण लाइनको काम सुरु हुने बाटो खुलेको हो।

मेची नेत्रालय सेमिफाइनलमा

विभागीय नेपाल पुलिस क्लब काठमाडौंलाई ४–० ले पराजित गर्दैै मेची नेत्रालय काँकडभिट्टा झापा फुटबल ट्रेनिङ सेन्टर तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

साढे दुई वर्षदेखि वनको तगारो

डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा राष्ट्रिय महत्वको हेटौडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ। वन कार्यालयका प्रमुख (डिएफओ) धिरेन्द्र प्रताव सिंहले विभिन्न बहना बनाउँदै नियोजित रुपमा रुख कटानका लागि आदेश नदिंदा आयोजनाको काम रोकिएको हो।

दुहबी गोल्डकपको उपाधिका लागि आर्मी–मनाङ भिड्दै

दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दैछन्। दुहबी रंगशालामा खेल दिउसो साढे २ बजेबाट सुरु हुनेछ। झापामा आयोजना भएका पखिल्ला २ खेलको फाइनलमा आर्मीसँग भिडेको मनाङ दुबै खेलमा पराजित भएको थियो ।

दुहबी गोल्डकपमा आर्मी र रुपन्देही भिड्दै

सुनसरीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बिभागीय टोली त्रिभुवन आर्मी र अग्नी रुपन्देही ११ बिच प्रतिस्पर्धा हुदैछ । दुहबी रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा यी दुई टोली भिड्न लागेका हुन । मोरङ ११ लाइ हराउदै आर्मी र हिमालयन शेर्पा क्लबलाई हराउदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्