इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३० हजार नजिक
इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ।
इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ।
दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।
इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ। आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन्।