२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

माओवादी केन्द्रले तोक्यो प्रदेशका इन्चार्ज र सह इन्चार्ज (विवरणसहित)

नेकपा(माओवादी (केन्द्र)को बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरूको कार्यविभाजन गरेर जिम्मेवारी तोकेको हो।

माओवादी केन्द्रको स्थानीय कमिटी बैठक जारी, अध्यक्ष दाहालले धारणा राख्ने

बिहान ९ बजेबाट सुरु भएको बैठकमा कार्यविभाजनबारे टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ।

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

कर्णाली प्रदेश सरकारमा सहभागी कार्चेन लामाको ६ महिने कार्यकाल पूरा भएपछि मंगलबार मन्त्रिपरिषद् हेरफेर गरिएको हो। लामाले सम्हाल्दै आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैंसँग राखेका छन्।

प्रदेशमा फेरि फुट्यो मन्त्रालयः ४९ बाट ७० पुगे

भागबन्डा पुर्‍याउन बिनातयारी र बिनाअध्ययन प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाइरहेका छन्। अहिले देशभर प्रदेश मन्त्रालय ७० पुगेका छन्। प्रदेश १ र सुदूरपश्चिम प्रदेशबाहेक सबैले मन्त्रालय फुटाएका छन्। सबैभन्दा बढी मन्त्रालय वाग्मती प्रदेश सरकारले फुटाएको छ। वाग्मतीले अहिले १४ वटा मन्त्रालय पुर्‍याएको छ।

एमालेमा देशव्यापी असन्तुष्टि

नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठकः नेताहरुको कार्यविभाजन विषयमा छलफल

“आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छाैं', उनले भने,'आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्ष्थायी समितिको बैठक भोलि बस्नेछ।”

गण्डकी प्रदेशः सरकार बनेको दुई सातापछि बल्ल कार्यविभाजन

सरकार गठन भएको दुई सातापछि गण्डकी प्रदेशका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद बिस्तार गरेको करिब दुई सातापछि बल्ल मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् ।

नेकपामा खनाललाई तेस्रो वरियता, माधव नेपाल पछि परे, पार्टीमा थप कार्यविभाजन

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहालपछि तेस्रो वरियतामा झलनाथ खनाललाई राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा नेताहरूको स्वार्थ बाझिँदा डेढ साता पछि धकेलिएको छ।

केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुलाई केन्द्रीय सदस्यको कार्यविभाजनमा सकस परेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्षपछि केन्द्रीय सदस्यहरुलाई जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न जारी सचिवालय बैठकमा शीर्ष नेताहरुबीच सहमति जुट्न सकेको छैन।

जिम्मेवारी बाँडफाडमा विवाद

नेपालसहितका केही नेता दोहोरो जिम्मेवारीको विपक्षमा उभिएपछि सचिवालय बैठक बिनानिष्कर्ष टुंगियोे। नेपाल पक्षले पहिला पोलिटब्युरो गठन हुनुपर्ने प्रस्ताव राखे पनि त्यसमा अध्यक्षद्वय ओली र दाहाल सहमत हुन सकेका छैनन्।

नेकपाका ४४१ केन्द्रीय सदस्यको कार्यविभाजन भोलि

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यहरुको कार्यविभाजन बुधबार टुङ्गो लाग्ने भएको छ।

नेकपामा टुगिंयो कार्यविभाजनको मापदण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने तयारीसँगै केन्द्रीय सदस्य तथा प्रदेश कमिटी गठन सिफारिसका लागि बनेको कार्यदलको बैठकले केन्द्रीय सदस्य र प्रदेश कमिटिको जिम्मेवारी टुंग्याएको छ । दुई दिनदेखि बसेको कार्यदल बैठकले आगामी बिहीबार बस्ने सचिवालय बैठकमा प्रस्ताव जानेगरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी तथा प्रदेश कमिटीमा रहने व्यक्तिको मापदण्ड टुंग्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्