१२ मंसिर २०८१ बुधबार
image/svg+xml

धरानको बजेट एक अर्ब

नगरको दीर्घकालीन विकासमा प्रभाव पार्ने नयाँ महत्वकांक्षी आयोजनाहरुलाई समेट्दै धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को लागि एक अर्ब बढीको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

धरानको फेशन शोमा पूर्वमिस नेपाल

अंग्रेजी नयाँ बर्ष २०१७ लाई रमाइलोसँग स्वागतको तयारीमा जुटिरहँदा धरानका दर्जन युवतीहरु भने शनिबार राती धरान १५ स्थित होटल इजी राइडर्समा सारीमा चिटिक्क सजिएका थिए। खासमा उनीहरु कतै जानलाई होइन, न्यु इयरको स्वागतकै लागि तयार थिए। तर, अलिक फरक तरिकामा।

धरानमा रविन र इन्दिराको धमका

वाहना मात्र भेट्नुपर्छ, रमाइलो गर्न माहिर छन् धराने युवाहरु। झन् रविन एण्ड द न्यु रिभोलुसन र गायीका इन्दिरा जोशीको साथ होस, सारा भुलेर उनीहरु आफ्नै दुनियाँमा मस्त हुन्छन्।

धरानमा विमानस्थल निर्माण प्रक्रिया पुनः सुरु

नगरबासी र उपमहानगरपालिकाले उच्च प्राथमिकता दिएपनि एक दशकदेखि थाँती रहेको धरान १७ डाँडाघोपास्थित धरान विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ। सरकारले विमानस्थल निर्माणकालागि दुई करोड बजेट विनियोजन गरेपछि नागरिक उड्यान प्राधिकारणले प्राथमिकता दिँदै प्रक्रिया अघि बढाएको हो।

पर्यटन प्रर्वद्धन गर्न ‘धरानमा इलाम’!

आफ्नो जन्म थलो इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्न इलामेली समाज सुनसरी–मोरङले दुई दिने धरानमा इलाम नामक प्रर्वद्धनात्मक कार्यक्रम गर्ने भएको छ। समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै पौरखी इलामको दोस्रो सँस्करणअन्र्तगत पुष ९ र १० गते धरानको छाता चोकमा धरानमा इलाम कार्यक्रम गर्न लागेको जनाएको छ।

धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुुरु (फाेटाेफिचर)

पूर्वमा साहसिक खेल पर्यटनको विकास तथा प्रर्वद्धन गर्ने लक्ष्यसहित धरानमा पनि प्याराग्लाइडिङको व्यावसायिक सुरुवात गरिएको छ। बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरान २४ स्थित रमिते डाँडाबाट सोमबारदेखि व्यावसायिकरुपमा प्याराग्लाइडिङको सुरुवात गरेको हो ।

धरानमा थपियो नयाँ प्याराग्लाइडिङ कम्पनी

साहसिक खेल पर्यटन अन्र्तगतमा पर्ने प्याराग्लाइडिङको धरानमा व्यावसायिक सुरुवात गर्न नयाँ कम्पनी थपिएको छ । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ गर्न सरकार तथा नागरिक उड्यान प्राधिकरणबाट सबै प्रक्रिया पूरा गरी अनुमति लिएको हो।

धरानमा १६ देशका ४६ फिल्म

अखिल नेपाल चलचित्रकर्मी संघले आगामी पुस २७ देखि माघ २ गतेसम्म धरानमा 'अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' गर्ने भएको छ। पाँच दिन चल्ने महोत्सवमा १६ देशका ४६ फिल्म छानिएका छन्।

धराने टिमले ल्याए 'पार्सल'

धराने फिल्मकर्मीको टोलीले निर्माण गरेको फिल्म 'पार्सल' शुक्रबार नेपालभर रिलिज हुँदैछ। निर्माता किशोर लिम्बु सम्बाहाङ्फे, निर्देशक रविन श्रेष्ठ, कलाकार प्रेम सुब्बालगायत अरु पनि धराने फिल्मकर्मी फिल्मसँग आवद्ध छन्। निर्देशक श्रेष्ठले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्।

धरानमा मिरा राई जिताऔं अभियान

नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन धरानमा अभियान शुरु भएको छ। किरात राई खेलकुद संघ सुनसरी र धरान रनले सहकार्य गर्दै शनिबारदेखि संयुक्तरुपमा ‘मिरा राई जिताऔं’ अभियानको शुरुवात गरेको हो।

धरान- धनकुटा सडक खण्डमा बस दुर्घटना, यात्रु सामान्य घाइते

म्याङलुङबाट धरान हिँडेको बस धनकुटाको हिले नजिकैको सुकेपोखरीमा बुधबार दिउँसो0 दुर्घटना भएको छ।

खोर्साने खापको प्रर्वद्धनमा धराने टोली

धरान जेसिजका अध्यक्षसमेत रहेका ट्राभल एजेन्सी सञ्चालक अतुलदिप श्रेष्ठको दैनिकी मंगलबार अरुबेला भन्दा बेग्लै रह्यो। उनले आफ्नो बुलेट बाइक घरमै थन्काए, अनि एनएनबी बैंकमा जागिरे श्रीमती पुनमका साथ माउण्टेन बाइकमा निस्किए।

भाषाविद् न्यौपानेलाई इटहरी र धरानमा नागरिक अभिनन्दन

पढाईमा तेजिलो भएपछि पिण्डेश्वर महाविद्यालयले छात्रहरुलाई प्रदान गरिने छात्रवृत्ति (हन्डी) प्रदान गर्छ। अनि, पढाईलाई निरन्तर अघि बढाउँछन्। ब्राम्हण समुदायमा जन्मेको व्यक्तिले आफ्नो जन्मिएकै जिल्ला धनकुटामा हराउँदै गएको आठपहरिया राई भाषामा विद्यावारिधी गर्छन्।

धरानमा दार्जिलिङका दुई कवि

धरान- बरु झुण्ड्याईदिऊँ उँधोमुन्टै बजिया आँखाहरु सिधा हेर्नुको अभियोगमा दर्ता मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा । कसले देख्नु भनेको थियो ? घनटाउके प्रश्न झैं

धरान सहज सेमिफाइनलमा

पोखरा-पाहुना टोली भारत उडिसाको फाओ एकेडेमीमाथि सहज जित निकाल्दै धरान फुटबल क्लब पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्