२३ भाद्र २०८१ आइतबार
image/svg+xml

जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!

मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।

संक्रमणकालीन न्याय कहिले ?

माओवादी जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा विभिन्न समयका संघर्षहरू सम्झौतामा टुंगिँदै मूलतः ती आन्दोलनका मूल अजेन्डा र परिवर्तनको आन्दोलनमा सहभागी तथा भुइँतहका पीडितहरूको कथा बिर्सिँदै गएको यथार्थ हाम्रासामु छर्लङ्गै छ।

मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन

जनता समाजवादी पार्टी, नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै काठमाडौंमा दीप प्रज्वलन गरेको छ। आज शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो।

मधेस आन्दोलनको १७ वर्ष : पहिचान स्थापित, अधिकारका लागि अझै संघर्ष

समावेशी राज्य व्यवस्थाका लागि पहिचान र संघीयताको मुद्दा उठाएको मधेस आन्दोलनले १७ वर्ष पार गरेको छ।

सहिद राहतका नाममा अनावश्यक आयोग थप्दै सरकार

स्रोतका अनुसार आयोग बनाउने प्रस्तावबारे गृह मन्त्रालयमा छलफल भइरहेको छ। केही समयभित्रै सहिद परिवारलाई आर्थिक सहायता दिने उद्देश्यले आयोग बन्ने बताइएको छ।

मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ३२ सिटमा प्रतिस्पर्धा हुँदैछ। तीमध्ये सप्तरी २ को चर्चा उत्कर्षमा छ।

राजनीतिमा आकर्षणको राज

२०५२ सालको माओवादी आन्दोलन र २०६२/६३ पश्चातका मधेस आन्दोलन लगायतका आन्दोलन केवल सत्ता परिवर्तन र शक्ति पुनर्वितरणका लागि गरिएको प्रतिकारमात्र थियो भन्ने आन्दोलन कारी पक्षको काँचुली फेराइले प्रष्ट पारेकै छ।

लहानमा प्रतिष्ठाको लडाइँः गठबन्धन भर्सेस एमाले

सामूहिक जातीय हिसाबले साह र एकल जातीय हिसाबले थारूको बाहुल्य रहेको लहान नगरमा उनीहरूको मतलाई आफ्नो पक्षमा पार्न प्रमुख दलले सोही समयुदायका व्यक्तिलाई मैदानमा उतारेका छन्। प्रमुख राजनीतिक दलमध्येबाट चौधरी र साहबाहेक अन्य समुदायबाट उम्मेदवारी परेको छैन।

लहान नगरमा प्रतिष्ठाको लडाइँ, गठबन्धन भर्सेस एमाले

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि कांग्रेस, जसपा, माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।

जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

ओली नेतृत्वको सरकारमा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री हुँदा समेत मधेस उत्साहित देखिएको थिएन। यसको एउटा कारण हो–ओलीको मधेसप्रतिको व्यवहार।

सत्तास्वार्थले बदनाम मधेस आन्दोलन

‘मानवतासमेतलाई ताकमा राखेर मधेस र मधेसी जनतामाथि निरन्तर प्रहार गर्ने ओलीसँग मधेसी नेताहरूको निकटता देखेर ताजुब लाग्छ। ओलीकै जिद्दीपनाका कारण सप्तरीको मलेठमा पाँचजनाले अनाहकमा प्राण त्याग्नुपरेको घटना मधेसले बिर्सनै सक्दैन। तर केही मधेसी नेताले बिर्सेको जस्तो लाग्छ,’।

मधेस आन्दोलनका पाँच वर्ष, देश र मधेसले के पाए, के गुमाए ?

जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ ।

कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन राजपाकाे माग

पाँच दिनको प्रतिक्षापछि आइतबार प्रधानमन्त्रीलाई भेटेका राष्ट्रिय जनता पार्टीका नेताहरूले मुद्दा फिर्ताको मागलाई पहिलो प्राथमिकतमा राखेका छन्।

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेश मन्त्रीको कुर्सीसम्म पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्