१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अल कायदाको आक्रमणमा १९ सैनिक मारिए

दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ।

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ। बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिएका छन्।

अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयमा आक्रमण, बीसको मृत्यु

अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ। सो कार्यालयलाई लक्ष्यगरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले आइतबार जनाएका थिए।

भालुको आक्रमणबाट घाइते

खप्तड छेडेदह गाउँपालिका ३ धुरतोला बस्ने उदे रावत भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो १ बजेतिर गाउँ नजिकैको जंगलमा गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको छ।

प्रदर्शनबाट फर्किरहेकामाथि हङकङमा आक्रमण

हङकङमा जारी लोकतन्त्र पक्षधरको प्रदर्शनबाट फर्कदै गरेका प्रदर्शनकारीमाथि आइतबार राति अज्ञात समूहबाट आक्रमण भएको छ। हङकङको एउटा रेल स्टेसनमा सेतो टिसर्ट लगाएका र नचिनिएका मानिसको समूहले ती प्रदर्शनकारी आक्रमण गरेको बताइएको छ। हङकङको युएन लङ रेल स्टेसनमा लाठी लिएका पुरुषको समूहले प्रदर्शनबाट फर्किरहेकालाई पिटिरहेको भिडियो सामाजिक संजालमा राखिएका छन्।

पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु

पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ।

अफगानिस्तानमा २८ जना लडाकू मारिए

अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन्। देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ।

ट्रम्प र चार महिला सांसदबीच आरोप–प्रत्यारोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट आक्रमणमा परेका चारजना अमेरिकी महिला सांसदले ट्रम्पले आफ्ना असफल नीतिहरुबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

वन्यजन्तुको आक्रमणले एक वर्षमा १२ को मृत्यु

आर्थिक वर्ष २०७५/७६ मा चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा मात्रै वन्यजन्तुको आक्रमणमा परेर १२ जनाको ज्यान गइसकेको छ। पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर मंगलबार पनि एकजनाको मृत्यु भएसँगै मृतकको संख्या त्यति पुगेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जंगली हात्तीको आक्रमणमा परेर सातजनाले ज्यान गुमाएका छन्। त्यसैगरी बाघ र गैंडाको आक्रमणबाट दुई÷दुई र मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको उनको भनाइछ।

हात्तीको आक्रमणबाट एकको मृत्यु

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–७ को बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई हात्तीले आक्रमण गरेको हो ।

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक प्रख्यात पत्रकारसहित कैयौं विदेशी नागरिक पनि रहेको अधिकारीले शनिबार जानकारी दिएका छन्। घटनामा परी अन्य ५६ जना घाइते भएका छन्।

विवाह समारोहमा आक्रमण, पाँच जनाको मृत्यु

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका छन्।

इरानले भन्योः बेलायती तेल ट्यांकरमा आक्रमण गरिएको छैन्

इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्यांकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ। बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा सत्यता नरहेको पनि इरानले जनाएको छ।

स्वास्थ्य संस्थामाथिको आक्रमण रोक्नुपर्नेमा जोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य संस्थाको सुरक्षाको विषयलाई लिएर सरोकारवालाबीच अन्तरिक्रया बैठक सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्