१२ श्रावण २०८१ शनिबार
image/svg+xml

३८ वर्षपछि सञ्चालनमा आयो सुनथराली विमानस्थल

कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ। सोमबार उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।

निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन हुदैछ सुनथराली विमानस्थल

कालिकोटको सुनथराली विमानस्थलको फागुन १४ गते परीक्षण उडान हुने भएको छ।

सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’

नेपाली कांग्रेसका नेता दमन शाही भन्छन्, ‘कालिकोटको सुनथराली विमानस्थलमा नियमित विमान अवतरण भएको सर्वसाधारणले देख्न चाहेको धेरै दिन भइसकेको छ। अब नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं ।’

कहिले आउला सुनथरालीमा ‘चिलगाडी’

सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुशीले रसाएका थिए ।

३७ बर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्रे हुँदै

विमानस्थल कालिकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन्, बिमानस्थलको रनवेभित्र गाडिएका ३५ जना मजदूरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भन्ने हाम्रो माग छ,’ सुनथराली बिमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविकले भने, ‘एउटा विमानस्थल बनाउन ३७ वर्ष समय लाग्नु लाजमर्दो विषय पनि हो।’

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

हिले विमानस्थलको टावर, भवन , वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए। 'आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ। उनले भने, 'लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो।'

कालिकोट एयरपोर्ट कालोपत्रेको तयारी

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर सुरु गरेको विमानस्थल असारसम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग वैशाख पहिलो हप्तादेखि कालोपत्रे गर्ने तयारी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्