९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कर छलीका ५९ बोरा सुपारीसहित तीनजना पक्राउ

उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।

लाभकर छली प्रकरण: बोटलर्स नेपालविरुद्ध साढे दुई अर्ब रुपैयाँको मुद्दा दायर गर्ने तयारी

आन्तरिक राजस्व विभागले गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको थियो। तर, उनीहरू सम्पर्कमा आएका छैनन्।

भाटभटेनी कर छली मुद्दा ब्युँतियोः आदेश पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

२०७६ पुस २८ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आन्तरिक राजस्व विभागले गरेको कर निर्धारण सदर गरेको थियो। यसअनुसार भाटभटेनीले सरकारलाई १ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने थियो। रकम नतिरी भाटभटेनी पुनरवलोकन माग्दै सर्वोच्च पुगेको हो।

कर छली मुद्दामा भाटभटेनी फेरि सर्वोच्चमा

भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गरेको छ। उसले फैसला पुनरवलोकन माग गर्दै निवेदन दर्ता गराएको हो।

पुँजीगत लाभकर छली विवादः स्वामित्व परिवर्तन भएको बोटलर्स नेपालद्वारा स्वीकार

पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले सेयर स्वामित्व परिवर्तन भएको स्वीकार गरेको छ। पुँजीगत लाभकर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा बोटलर्स नेपालले सेयर बिक्री भएर स्वामित्व फेरिएको स्वीकार गरेको हो।

पुँजीगत लाभकर छली आशंकामा छानबिन

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्