त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व संकलन ११ अर्ब बढी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ।
स्थलमार्ग अप्ठेरो हुँदा यो बेला हवाईमार्गमा यात्रु बढेका छन्। यात्रु बढेपछि यो बेला हवाइ उडान पनि थपिएका छन्। त्यत्तिमात्र नभई भईरहेको उडानमा पनि यात्रु पर्याप्त हुन थालेका छन।
हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन्।
पोखरा विमानस्थलका अनुसार पोखरा–काठमाडौं हवाई रुटमा दिनमा एकतर्फी यात्रुको संख्या करिब आठ सय छ। अहिले बुद्ध र यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा ७२ सिट क्षमताका जहाजबाट दिनमा दर्जन हाराहारी उडान गरिरहेका छन्। बुद्धले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्जसम्म उडान थप्दा यात्रु संख्या दिनहुँ बढिरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।