८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

शुक्लाफाँटा नगरपालिका– ११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सान पुर्‍याएका छन्।

उदयपुरमा सडक दुर्घटनाः एककाे निधन तीन घाइते

सडक दुर्घटनामा परी उदयपुरमा मंगलबार राति एकजनाको निधन भएको छ। ३ जना घाइते भएका छन्।

दिनभर रेकी, मध्यराति मुचुल्का

अख्तियार टोली दिउँसो कार्यालय समयदेखि नै प्रतिष्ठान पुगेको थियो। दिनभर उपकुलपति कार्यालयलाई रेकी गरेर बसेको टोलीले घुसबापतको पैसा रौनियारले बुझेको निश्चित भएपछि मात्र कार्यालय समय सकिनुअघि छापा मारेको थियो।

महागुरु फाल्गुनन्द र सत्यधर्म मुचुल्का

किरात धर्म दर्शनका महान् दार्शनिक, धर्मका पुनर्संस्थापक भगवान्रूपी १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मुहिगुम अङसीमाङको जन्म २५ कात्तिक १९४२ आइतबार इभाङ चुक्चिनाम्बा डाँडागाउँ चारखोलामा भएको थियो। आत्मासाक्षात्कार पाएका बालकको ज्ञान, चेतना र दिव्यशक्ति फरक मात्रामा परिवर्तित प्रस्तुतिले ध्यान, ज्ञान, जप, तप, शिक्षा, दीक्षामा एकाएक परिवर्तन हुँदै साधनाले महान योगी, तपस्वी, ब्रह्मज्ञानी, माङधक कुधकका रूपमा महाज्ञान महासमाधि ज्ञान प्राप्त गरी सत्यहाङमा सत्यको महाराजाले उद्बोधन हुनुभई सत्यहाङमा साधु संज्ञाले सम्बोधित हुन पुग्नुभयो।

कांग्रेस नेता खड्काको मुद्दामा सर्वाेच्चले माग्यो सक्कल मतगणना मुचुल्का

सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ।

मुचुल्काभन्दा बढी मत भेटिएपछि गोरखा दुईको मतगणना रोकियो

सबैको चासोको विषय बनेको गोरखा क्षेत्र नम्बर दुईको मतगणना रोकिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ प्रतिष्पर्धामा रहेको उक्त क्षेत्रको मतगणना रोकिएको हो।

ललितपुर महानगरपालिका –१५ मा मुचुल्काभन्दा बढी मत भेटियो

ललितपुर महानगरपालिको मत गणनामा विवाद आएपछि मतगणना रोकिएको छ । महानगरको वडा नं १५ मा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणनामा विवाद आएको हो ।

मुचुल्का नभेटिँदा काठमाडौंको मतगणना रोकियो

काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्न खोज्दा वडा नम्बर १ को मुचुल्का नभेटिएपछि गणना हुन नसकेको हो। मतपेटिकाबाट पतपत्र खन्याइसकेपछि मुचुल्का खोज्दा नभेटिएको हो।

पुरुष बलात्कारको बेग्लै मुचुल्का

दुई वर्षअघि आफ्नै पुरुष कर्मचारीलाई बलात्कार गरेको आरोपमा राजधानीस्थित एक पाँचतारे होटल महाप्रबन्धक पक्राउ पर। काठमाडौं प्रहरीले अनुसन्धान त थाल्यो तर पुरुष बलात्कारको घटना उसैका लागि समेत नौलो थियो

‘नक्कली मुचुल्का’ बनाएर ३७ लाखको गुट्खा गायब

वीरगन्ज-वीरगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका विभिन्न फर्म तथा पसलबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले साउन ३० गते बरामद गरेको गुट्खा जिल्ला प्रशासन कार्यालयबाट गायब भएको छ। जिप्रकामा तयार एउटा मुचुल्कामा भने गुट्खा नष्ट गरिएको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्