२८ असार २०८२ शनिबार
image/svg+xml

‘नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ।

निर्माण व्यवसायीको लापरवाहीले म्याद थप्दा पनि सम्पन्न भएन प्रशासकीय भवन

निर्माण व्यवसायीलाई जैमिनी नगरपालिकाले पटक-पटक समयमै काम सक्न दबाब दिए पनि कामको प्रगति जम्मा ७० पुग्नु लज्जास्पद भएको जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले बताए।

जसपा नेता यादवको पक्षमा मलंगवामा प्रदर्शन, जिल्लाभर यातायात ठप्प पार्ने चेतावनी

जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवको समर्थनमा सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको छ।

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

त्यसैगरी धौलिगंगा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ।

तीन करोड ६५ लाखमा नदी नियन्त्रण योजना सम्पन्न

बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारस्थित सरस्वती माविको पछाडि म्याग्दी नदीको किनारमा ठेक्कामार्फत ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन-तीन मिटर अग्लो कंक्रीट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको छ।

यी प्रदेशहरूमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुस्त अर्थतन्त्रलाई गति दिने मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई चलायन बनाउने गरी लचिलो कार्यदिशासहितको मौद्रिक नीति ल्याएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

२०८१ को एसइई नतिजा: परीक्षा प्रणाली सुधारको प्रयास

२०७८ सालपछि फेरि यो कार्यक्रमले बिस्तारै गति लिन थाल्यो। कोभिडअघि प्रदेश र जिल्लातहमा सञ्चालन गरिएको कार्यक्रम यसपटक भने पालिका तहमा पुगेको छ।

मोटरसाइकल दुर्घटना हुँदा नागार्जुनमा एक जनाको मृत्यु

शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई बस्ने ४८ वर्षीय हिरालाल सुनारले चलाएको बा.प्र.०१-०२६ च २६०५ नम्बरको डि.आई. गाडीले रामकोट घर भएका ३५ वर्षीय कृष्ण थापाले चलाएको बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूर्णिमाको ह्याट्रिकमा नेपालको सुखद सुरुआत

नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्। नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो।

दीपेन्द्र प्रकाश केसीको ‘मेरी आमा’ गीत सार्वजनिक (भिडियो)

सन्तकुमार केसीको रचना र रमेश क्षितिज गिरीको संगीत रहेको यो गीत रोमश भण्डारीले संगीत संयोजन गरेका छन्।

मोरङ उद्योग व्यापार संघद्वारा मौद्रिक नीतिको स्वागत

संघले मौद्रिक नीतिले मुलुकको आर्थिक स्थायित्व, वित्तीय समावेशीकरण र निजी क्षेत्रको पुँजी निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

साह र सोनारलाई जनमतले सोध्यो स्पष्टीकरण

जनमत पार्टीले गैरआवासीय मधेसी सङ्घका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्