३ आश्विन २०८१ बिहीबार
image/svg+xml

रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु

अबिरल बर्षात पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ। घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।

रोल्पामा देखिन्छन् अझै युद्धको झल्को

१० वर्षको सशस्त्र युद्ध सकिएको १२ वर्ष बितिसकेको छ। तर रोल्पाको गाउँमा भेटिने बंकरले अझै सशस्त्र युद्धको झल्को दिने गरेका छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा गरिएका युद्ध अभ्यासका केही अवशेष अहिले पनि रोल्पाका ठाउँठाउँमा भेटिन्छन्। विशेषगरी कथित ‘भारतीय विस्तारवाद’ सँग लड्न भनेर स्थानीय बासिन्दालाई बनाउन लगाइएका बंकरहरू आज पनि जिल्लाका विभिन्न ठाउँमा भेटिने गरेका हुन्।

साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन्। उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन्।

रोल्पाको शिक्षामा लाजमर्दो नतिजा

रोल्पा नगरपालिकाभित्र रहेका २४ विद्यालयको गत वार्षिक परिक्षाको रिजल्ट सबैलाई चकित पार्ने गरि आएको छ । सामुदायिक विद्यालयतर्फका २१ विद्यालयमध्ये १५ विद्यालयको ८ कक्षाको नतिजा शुन्य रहेको छ भने निजी विद्यालयको नतिजा पनि लाजमर्दो देखिएको छ।

रोल्पामा ५ ठाउँ बाहेक अन्यत्र विरोध कार्यक्रम गर्न रोक

जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाका पाँच स्थानलाई विरोध प्रदर्शन गर्ने ठाउँ तोकेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रोल्पा नगरपालिकाको टुडिखेल खुलाचौर, सुनिल स्मृति गाउँ पालिकाको सुलिचौरको पिपल चौतारामा मात्र बिरोध प्रदर्शन गर्न पाउने जानकारी गराएको छ।

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

दश वर्ष सम्म मेहनत गरेको प्रतिफल देखिने परीक्षाका रुपमा हेरिएको एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेशन एक्जाम (एसइई) जारी छ।

रोल्पामा ३ वटा सरकार !

स्थानीय तह निर्वाचनसँगसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांगे्रसले पनि छायाँ सरकार तयार गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनको लागि छायाँ सरकार निर्माण गरिएको कांग्रेस रोल्पाले जनाएको छ ।

अक्वा गौरीशंकर र च्छोरोल्पा ब्रान्डमा पानी

कोसी मिनरल वाटर प्रालिले दुई ब्रान्डमा पिउने पानी बजारमा ल्याएको छ। कम्पनीले अक्वा गौरीशंकर र च्छोरोल्पा स्टिकर भएको पानी उत्पादन गरेको हो।

रोल्पामा भेटियो डेढ फिट लामो पाइप बम

रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ४ स्युरीमा डेढ फिट लामो पाइप बम भेटिएको छ। बिहीबार स्थानियहरुले जंगलमा रहेको ढुङ्गे ओढारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। रोल्पा सदरमुकामस्थित खड्ग दल गणबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गरेको हो।

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित

ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाँउमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले बैंकको ६९औं शाखारहति सेवाको उदघाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

रोल्पाले भुलेको सहिद दिवस

माघ १६ अर्थात सहिद दिवस। देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाईयो तर रोल्पा सुनसान रह्यो। अहिलेसम्मको देश भरकै तथ्याङ्क हेर्दा माओवादी द्धन्द्धमा यहाँ सवैभन्दा धेरै मृतक छन्। जसलाई माओवादी सहिद भन्छन्। तर सहिद दिवसको दिन जिल्लामा कसैले पनि कुनै कार्यक्रम गरेनन्। जिल्लामा प्राय दिवसहरु मनाउने जिल्ला प्रशासन कार्यालयले पनि यसपाला केहि कार्यक्रम गरेन।

रोल्पाबाट विजयी भएपछि वर्षमान पुनले के भने ? (भिडियो)

पहिलो चरणमा सम्पन्न रोल्पा निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो ध्यान विकास र समृद्धिमा हुने बताएका छन्। उनले देशको समृद्धिको लागि सबैलाई उप्रेरित गर्ने जिम्मेवारी आएको बताएका छन्।

रोल्पाका दुवै प्रदेश सभामा माओवादी केन्द्र बिजयी

पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रदेश सभा तर्फको मतगणना सकिएको छ। दुई प्रदेश सभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा वाम गठबन्धनका उमेद्वारले जित हासिल गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्