२२ असार २०८१ शनिबार
image/svg+xml

त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दाउपेच

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले उपकुलपतिमा नियुक्तिका लागि तीनजनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको तीन दिन हुँदा पनि नियुक्ति हुन सकेको छैन।

तालाबन्दी, हडतालका किंकर्तव्यविमुढ उपकुलपति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो ।

क्यान्सर अस्पतालमा राजनीतिक दाउपेच

अहिले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने स्वास्थ्यमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेत छन् ।यी दुवै सञ्चालक समितिमा बहुमत पुर्‍याएर कार्यकारी निर्देशक आफ्नो बनाउने कोसिसमा छन् ।आफ्नो स्वार्थका लागि सरकारले अहिलेसम्म सञ्चालक समिति नियुक्ति नगरेर सेवा प्रभावित बनाएको छ।

देउडामा राजनीतिको दाउपेच

सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रख्यात मानिएको देउडा संस्कृति र गीतले सहजै सबैको मन जित्ने गर्छ। देउडा नसुन्ने श्रोता छैनन्, देउडा नगाउने कलाकार छैनन्।

सीमा समस्यामा राजनीतिक दाउपेच

नेपालमा सीमा समस्या र भूराजनीतिजस्ता संवेदनशील मुद्दालाई राजनीतिक अभीष्टका लागि उछाल्ने प्रवृत्ति मौलाउँदो छ। ‘राष्ट्रवाद’ को भ्रम सिर्जना गर्दै जनमत बटुल्न दलहरू लागि पर्दा यी समस्या झन्झन् गिजोलिँदै छन्।

उपचारको पर्खाइमा नागरिकको मुत्युवरण, सत्ताको दाउपेचमा प्रदेश सरकार

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै मृत्युवरण गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नांगो नाच देखाइरहेको छ। जनताले उपचार नपाएर ज्यान गुमाइरहँदा मुख्यमन्त्री शंकर पोखरेल आफ्नो कुर्सी जोगाउन आफ्नै पार्टीका असन्तुष्ट सांसदहरूलाई मन्त्री पद उपहार दिएर फकाउनमै व्यस्त छन्। सत्ता र शक्तिको दाउपेचमा मुख्यमन्त्री पाखेरेलले दुईदिनमा २ जना स्वास्थ्य मन्त्री फेरेका छन्।

द्वन्द्वपीडितको पीडा र राजनीतिक दाउपेच

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग ६/६ वर्षदेखि विनाकुनै योजना र उपलब्धि राज्यको साधनस्रोतको दोहन मात्र गरिरहेका छन्।

ओली–दाहालका आ–आफ्नै दाउपेच

बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले एकअर्कालाई मापदण्ड तयसम्बन्धी आ–आफ्ना धारणामा सहमत गराउन सकेका छैनन्।

त्रिविमा राजनीतिक दाउपेच, आर्थिक हिनामिना गर्ने व्यक्ति कलेज प्रमुख

राज्य हाल कोरोना संक्रमणको त्रासको कारण लकडाउनमै रहेको बेला मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दाउपेच सुरु भएको छ । लकडाउनको फाइदा उठाउँदै विश्वविद्यालयका पदाधिकारीहरूले मनोमानी रूपमा कलेज तथा अध्ययन संस्थानहरूमा दलनिकट कार्यकर्तालाई १४ निकायहरूमा प्रमुखहरूको नियुक्ति धमाधम गरिसकेको खुलेको छ । जसको विरोधमा त्रिवि प्राध्यापकहरू उत्रेका छन् ।

नेताको दाउपेचले रोकियो महाधिवेशन

नेपाली कांग्रेसको प्रमुख भ्रातृसंगठन नेपाल विद्यार्थी संघको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी शीर्ष नेताहरू सक्रिय हुँदा महाधिवेशन प्रभावित भएको छ। आफूअनुकूल व्यक्तिलाई प्रतिनिधि बनाउन सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष लागि पर्दा महाधिवेशन उद्घाटन भएको साता बित्दासमेत अन्य प्रक्रिया अघि बढ्न नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्