१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी

कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ।

लकडाउन खुलेसँगै संक्रमित बढे

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेको छ। असार अन्तिम सातादेखि घट्दै गएको संक्रमितको संख्या साउन ६ यता हरेक दिन बढ्दै गएको छ।

ग्राहकबिनाको बजार !

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरूपमा खुलेको छ। चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला भए पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन्। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहक आउन सकेका छैनन्।

बजार खुले पनि ग्राहक छैनन्

कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ। लडाउनका कारण झन्डै तीन महिनासम्म ठप्प भएको बजारमा खुकुलोसँगै सोमबारदेखि फाट्टफुट्ट सर्वसाधारण देखिन थालेका छन्। आर्थिक गतिविधि खासै नबढे पनि यतिखेर खुकुलो भएको बजार अब बन्द गर्न नपरे हुन्थ्यो भन्ने कामना व्यवसायीको छ।

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

लकडाउन खुकुलो भएपछि सवारी चाप बढ्यो

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ। काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ।

मन्त्रिपरिषद्को निर्णय : निजी सवारी साधनलाई जाेर–विजोर, पसल र उद्योग व्यवसाय सुचारु

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी राखेको लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकभित्र संक्रमणको जोखिम बढेपछि अन्तिम समयमा स्थगित गरेको एसइई परीक्षा यस वर्ष नलिने निर्णय गरेको हो ।

खुल्न थाले उद्योग

सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन्।

आन्दोलन खुकुलो बन्दै, यातायात खुल्यो

चार दिनदेखिको निरन्तरको बन्दका कारण कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको गुनासो बढेपछि निश्चित समयका लागि यातायात सञ्चालन हुने भएको छ। जिल्ला सदरमुकाममा शनिबार बसेको सर्वदलीय बैठकले बजार बन्द यथावत रहेपनि बेलुका सवारी साधन सञ्चालन खुल्ला गर्ने निर्णय गरिएको छ।

‘खुकुलो र सजिलो पहिरन मेरो रोजाइ’

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेकी अभिनेत्री हुन्, मेनुका प्रधान । उनले ‘झिग्राना’, ‘रेशम फिलिली’, ‘पुराना डुङ्गा’, ‘गाजलु’ लगायत फिल्ममा अभिनय गरेकी छन् । राम्रो अभिनयका कारण दर्शकको मनमा राज गरिरहेकी मेनुकाले आफ्नो जीवनका केही प्यारो लाग्ने कुरा ‘नागरिक परिवार’लाई बताएकी छन् ।

पार्किङ शुल्क ‘खुकुलो’ गर्ने सहमति, आन्दोलन फिर्ता

इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति भएको छ । बिहीबारको छलफलमा नगरपालिका कर ठेकेदारप्रति तथा ठेकेदार व्यवसायीप्रति करको दरमा खुकुलो हुने सहमति भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्