१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

कोरोना संक्रमण फैलिएपछि महाराष्ट्रमा कडा प्रतिबन्ध, रातको समयमा कर्फ्यू

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ। त्यहाँको सरकारले रातको समयमा कर्फ्यूका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो।

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

हिन्दु र मुस्लिम समुदायबीच झडप हुने अवस्था सृजना भएपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार आज (शनिबार) दिउँसो २ बजेबाट भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका भित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

रातो मच्छिन्द्रनाथ जात्रा, प्रशासन जिम्मेवार नहुँदा झडप

कोरोना कहरबीच यसवर्ष सबै जात्रा र चाड हुन नपाउने स्थितिभन्दा भिन्न भीडभाडपूर्ण दृश्य बिहीबार ललितपुरमा देखियो। स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने यो बेलामा मच्छिन्द्रनाथको रथ तान्ने काम सुरु भयो।

ललितपुरमा शुक्रबार विहान ४ बजेदेखि कर्फ्यू

मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो। विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो।

भारतमा ‘जनता कर्फ्यू’, घर फर्किरहेका नेपाली बीचबाटाेमै अलपत्र

आइतबार बिहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन्। कर्फ्यूका कारण यात्रुबाहक सवारी साधन ठप्प गरिएको छ। जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र परेका हुन्।

आमाछोरीको मृत्युपछि पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ( कर्फ्यू ) आदेश जारी गरेको छ।

भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पारित, गुवाहाटीमा कर्फ्यू

भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध जारी छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चकिएको हो। विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो।

मूर्ति विर्सजनका क्रममा २ समुदायबीच झडप, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ। दिपावलीको समापनसंगै बुधवार राति ८ बजेतिरु मुर्ति बिर्सजनकाक्रममा झण्डेनगरमा विवादले उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे।

श्रीलंकामा रातभरका लागि देशव्यापी कर्फ्यू

श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलाबद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ।

कर्फ्यू १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ। आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू  हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू  लगाएको थियो।

नाइजेरियामा साम्प्रदायिक हिंसा : ५५ जनाकाे मृत्यु, २४ घण्टे कर्फ्यू जारी

नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कर्फ्यू) जारी गरेका छन्। हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कर्फ्यू जारी गरेको बताए। उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेका छन्।

कृष्णनगरमा कर्फ्यू हटाइयो, जनजीवन सामान्य

दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यू बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ। कर्फ्यू हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ।

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू, झडपमा प्रहरीसहित ६ जना घाइते

कपिलवस्तुकाे कृष्णनगरमा आइतवार साझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत असोज २ गते कृष्णनगरमा दुर्गा भगवतीको मुर्ति बिर्सजनका क्रममा भएको बिवादपछि तनावग्रस्त कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्र्यू आदेश जारी गरेका हो। अर्को निर्णय नभएसम्म कर्फ्यू जारी रहन स्थानीय प्रशासनले जनाएको छ।

महेन्द्रनगरकाे कर्फ्यू हटाइयो

निर्मला हत्या प्रकरणमा स्थानीयले गरेकाे अान्दाेलनले उग्र रुप लिएपछि विगत केहि दिनदेखी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा लगाइँदै आएको कर्फ्यू विहीबारदेखी पूर्णरुपमा हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्