२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।

माघमा तीनजनाले पाए वैवाहिक अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।

एक सय पचासी वैवाहिक अंगीकृत नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म १८५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ।

‘अरूलाई असर नपार्ने गरी चाडपर्व मनाऔं’

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वमा खुसियाली मनाउँदा टोल, छिमेकी र समुदायलाई प्रभावित नपार्न सचेत गराएको छ।

६५ हजारभन्दा बढीले गराए राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता

ताप्लेजुङमा राष्ट्रिय परिचय–पत्रका लागि ६५ हजारभन्दा बढीले नाम दर्ता गराएका छन्।

ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।

लागूऔषध नियन्त्रण सम्बन्धी २२ बुँदे कार्ययोजना सार्वजनिक

चिकित्सकको सिफारिस बिना नियन्त्रित औषधिको बेचबिखनमा पूर्ण बन्देज लगाउने, लागूऔषधजन्य औषधिको बिक्रीमा दुरुपयोग हुन नदिन अनुगमन तथा चिकित्सकको सक्कल सिफारिसमा संकेत जनाउने, चिकित्सकको सिफारिस बेगर लागूऔषधजन्य औषधि बिक्री वितरण गर्न सक्ने सम्भावित पसलहरुको आकस्मिक अनुगमन गर्नेसहितका योजना रहेका छन्।

विप्लवद्वारा पक्राउ पूर्जी खारेजी र तीन बुँदे सहमति कार्यान्वयनको माग

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग समेत नेकपाले गरेको छ। ज्ञापन पत्रमा नेकपाले आफ्ना ४५ जना नेता तथा कार्यकर्ता जेलमा बन्दीको रुपमा रहेको दाबी गरेको छ।

नागरिकता ऐन २०६३ जारी भएपछि ताप्लेजुङबाट २२ जनाले त्यागे नेपाली नागरिकता

कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष आफूले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनुपर्ने व्यवस्था रहेको छ।

ताप्लेजुङमा सुरक्षा व्यवस्था कडाः राति ८ बजेदेखि अनुमति बिना हिँडडुल गर्न रोक

बिहीबार प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सूचना जारी गर्दै निर्वाचन सुरक्षालाई ध्यानमा राखी जिल्लाभित्रका सम्पूर्ण क्षेत्रमा यो नियम लागु गरिएको जनाएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।

प्रशासनले भन्यो ‘लगातार पानी परिरहेको छ, सावधान हुनू’

निरन्तर वर्षा भइरहेकोले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जोखिमपूर्ण स्थानमा रहेका बासिन्दालाइ चनाखो हुन,सावधानी र होसियारी अपनाउन अपिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्