२ मंसिर २०८१ आइतबार
image/svg+xml

बाघखोरमा ‘हिले जात्रा’

शैलुङ गाउँपालिकास्थित देउराली बाघखोर बजारमा स्थानीय कला र संस्कृतिको प्रवद्धन गर्दै ‘हिले जात्रा’ सुरु भएको छ। परम्परागत रूपमा आयोजना हुँदै आएको जात्राको उदघाटन मंगलबार पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल गरेका थिए।

मूर्तिकला पाठ्यक्रम निर्माण हुँदै

नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ।

सत्तारुढ सांसद नै भन्छन्ः सरकारभन्दा भ्रष्टाचारी बलिया

खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा सरकार भन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारी भएको टिप्पणी गरेकी छन्।  आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य राईले भ्रष्टाचारको अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद पनि सरकारभन्दा भ्रष्टाचारी बलियो बनेको भन्दै प्रश्न उठाएकी हुन्।

क्यानभासमा हिमाली संस्कृति

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्। ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।

खै संग्रहालय र कलाको विमा ?

संसारभरका विभिन्न संग्रहालयमा राखिएका कलाहरूको विमा हुने प्रचलन छ। नेपालमा भने विमा नीति नभएका कारण संग्रहालयमा राखिएका विभिन्न कलाहरूको विमा हुन सकेको छैन्। छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका विभिन्न कला र हतियारहरू सुरक्षित रहेको दाबी संग्रहालयका निर्देशक जयराम श्रेष्ठले गरेपनि विमा गर्नतर्फ कुनै पहल नभएको बताए।

दुई कलाकारलाई सम्मान

यस वर्षको आधुनिक कला सम्मान कलाकारहरू चिनीकाजी ताम्राकार र टेकवीर मुखियालाई प्रदान गरिने भएको छ। बिहीबार सोसाइटी अफ मोडर्न आर्टिष्ट (सोमा) ले प्रेस विज्ञप्तिमार्फत दुई कलाकारहरूलाई लैनसिंह वाङ्देलको स्मृतिमा स्थापना गरिएको ‘आधुनिक कला सम्मान–२०७६’ प्रदान गर्न लागेको जानकारी गराएको थियो।

चीनले कलाकारलाई लगायो प्रतिबन्ध

चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्ड मा भाग लिन प्रतिबन्ध लगाएको छ। ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैति दवाब दिन बुधबार चिनियाँ फिल्म र कलाकारहरूलाई अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको हो। चिनियाँ फिल्मको निगरानी गर्ने सरकारी फिल्म निकायआवद्ध चाइना फिल्म न्युजको माइक्रोब्लगले सूचना प्रकाशित गर्दै निलम्बनसम्बन्धी कारण स्पष्ट खुलाईकन ताइवान चीनको हिस्सा भएको दाबी गर्दै बेइजिङको नियमअनुसार अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको जनाएको छ।

क्यानभासमा मीनाको ‘हिरा’

राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीरा डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

फेवातालमा मुहारचित्र

ताल किनारमा बसेर कलाकार निश्चल गुरुङ हरेक दिन मुहारचित्र बनाउँछन्। बीस मिनेट लगाएर बनाएको चित्रको पाँच सय रुपैयाँ पारिश्रमिक लिन्छन्।

आज घण्टाकर्ण मनाइँदै

कला संस्कृति भजन महागुथी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी यो पर्व पर्वमा मात्रै सिमित नभई वैज्ञानिक कारण पनि जोडिएको सुनाउँछन्।

सुन्ने कला

अरुले कुरा गरेको ध्यान दिएर सुन्न सक्नु एउटा कला हो। अरुकोे विचारलाई र भावनालाई महत्त्व दिएर सुन्नु भनेको बोल्ने व्यक्तिलाई आदर गरेको पनि हो। बिरामी परेको बेलामा वा विभिन्न समस्या परेको बेलामा उनका कुरा सुन्नु भनेको उनको समस्या बुझ्नु हो।

होटलमा यौनधन्दा गर्ने पक्राउ

पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ।

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

देशभरका चराहरु सोमबार भक्तपुरमा भेटिएका छन्। नेपालमा पाइने तथा अन्य विभिन्न मुलुकहरुबाट अस्थायी रुपमा आई केही समय नेपालमा वस्न आउने विभिन्न चराहरु देखिएका हुन्। जीवित चराहरु नभई चित्रमा रहेका चराहरु देखिएका हुन्।

कलाकार लुक्दा हैरानी

जर्मनीमा सन् १९८७ देखि वर्षेनी भईरहेको अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सवमा पहिलो पटक ‘घेरो’ नाटक लिएर नेपाल सहभागिता जनाउने मौका पायो। तर, कला देखाउन पुगेका ‘घेरो’ नाटक टोलीका तीन जना पोखरेली कलाकार जर्मनीमै फरार भए। सो कार्यक्रमका लागि पुगेका तीनजना कलाकार फरार भएपछि नाटक लिएर पुगेको युथ क्रियसन थिएटर टोलीको तनाव बढेको छ।

पानी रंगको गोरेटोमा

कलाकारितामा लाग्नेहरू सुरु–सुरुमा पानी रंगले चित्र बनाउँछन्। रंगहरू सर्वसुलभ पाइने र अन्य भन्दा सस्तो हुने भएकाले उनीहरू जल रंग प्रयोग गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्