२६ वैशाख २०८१ बुधबार
image/svg+xml

चिमटीका ६६ परिवार त्रिपालमुनि

सप्तरीको महादेवा गाउँपालिका–१ चिमटी टोलका ६६ परिवारको बास जलेको छ। फुसको घर उभ्याएर पक्की बनाउने सपना बुन्दै यहाँका धेरै घरबाट युवा वैदेशिक रोजगारीमा गएका छन्।

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ।

फाइबर सिरक र कम्बल पाउँदा राउटेहरू दंग

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरेको छ।

अझै आइपुगेन घर बनाउने पहिलो किस्ता

‘मुचुल्कासहित मेरो वडाबाट ९५० जना लाभग्राहीको तथ्यांक नगरपालिकामा पठाएको छ,’ उनले भने, ‘सरकारले नै रकम उपलब्ध नगराउँदा समस्या भइरहेको छ।’

भूकम्प कहर: त्रिपालको बसाइ, चिसोले ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।

त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु

पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

रामीडाँडा भूकम्प असर: त्रिपालमुनि एक हजार ७६ सुत्केरी!

गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घर भत्किँदा सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

जाजरकोट भूकम्पः चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

चिसोका काराण बिरामी पर्न थाले भूकम्प पीडित

‘त्रिपालबाट पनि शीत चुहिन्छ। जसका कारण छोरी बिरामी परेकी हो। न खाने अन्न छ न जीउ ढाक्ने कपडा नै। घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने ?’

त्रिपालमा सामूहिक भाइटीका

अघिल्ला वर्षमा भाइटीका आआफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि त्रिपालमुनि बसेका जाजरकोटको बारेकोट–३, बुढागाउँका ४० घरधुरीले सामूहिक भाइटीका लगाएर तिहार मनाएका छन्।

त्रिपालमुनि भूकम्पपीडितको तिहार

रुकुम पश्चिम आठबिसकोट–१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए।कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको सपपरिवारले यसपालिको तिहार त्रिपालमुनिनै मनाए।

अनिताको नरोकिएका आँशु...

घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’

त्रिपालको सहारामा भूकम्पपीडित

भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन्। विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्