१४ असार २०८१ शुक्रबार
image/svg+xml

श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ।

शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्नुहोला: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्।

‘उखु किसानको पलायन रोक्नुपर्छ’

मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषक पलायन रोक्न नसकिने बताएका छन्।

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

‘ग्रीन हाइड्रो सम्बन्धी कानुन आवश्यक’

‘अहिले विश्व बजार नै यसको व्यवसायीक उत्पादन तथा व्यापार गर्ने गरि अघि बढेको देखिन्छ। नेपालमा पनि यसको सम्भावना उच्च छ,’ उनले भने, ‘तसर्थ, यस सम्बन्धी कानुन बनाइहाल्नुपर्छ। कानुन मार्फत लगानीकर्तालाई प्रोत्साहन समेत गर्नुपर्छ।’

हङकङ पुगेका युवाले जुटाए एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँलाई एम्बुलेन्स उपलब्ध गराएका छन्।

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ।

संसद्का सुझाव चैत १५ भित्र अर्थ मन्त्रालयमा पुग्नुपर्ने

सरकारले प्रत्येक आर्थिक वर्षमा बजेट ल्याउनु तीन महिनाअघि बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) छलफल सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याएको छ।

टेरामक्सबारे कार्यविधि बनाएर जान सकिने: सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेरामक्सबारे अदालत र संसदीय समितिले दिएको निर्देशन पछि नयाँ कार्यविधि बनाएर जान लागेको बताएकी छिन्।

विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाका विद्यालय हाताभित्र तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दल तथा दलसँग सम्बन्धित संगठन निर्माण गर्न रोक लगाएको छ।

गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित

जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ।

अर्थसमितिको कार्यविधि स्वीकृत

अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ। मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले बताए।

समकक्षता सहज बनाउँदै त्रिवि

विद्यार्थीले समकक्षता लिने समयमा खेप्दै आएको हैरानी न्यूनीकरण गर्न त्रिभुवन विश्वविद्यालयले समकक्षतासम्बन्धी खुकुलो नियम बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्