३ असार २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउँदै

गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छ। यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन्।

असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन्।

गण्डकीमा पाण्डे र लुम्बिनीमा चौधरी मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

‘जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्छ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन्।

प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने बताएका छन्।

शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

'अबको यात्रा आर्थिक समृद्धि'

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

गण्डकी प्रदेश प्रमुख गुरुङ भन्छन्, ‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक’

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए।

‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ

शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्।

आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्