२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारले राज्य आतंक सिर्जना गर्‍याे : देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राज्य आतंक सिर्जना गरी समाजमा अशान्ति फैलाएको आरोप लागाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले जनताको करबाट तलब खाने प्रहरीलाई पार्टीको जस्तो बनाएको बताए ।

इ–चुरोट प्रतिबन्ध गर्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले सुगन्धित इ–चुरोट (विद्युतीय चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

पाँच हजार चार सय सेना फिर्ता लगिने

तालिबान लडाकु समूहसँग एउटा सैद्धान्तिक सहमति गर्दै संयुक्त राज्य अमेरिकाले २० साताभित्र अफगानिस्तानमा तैनाथ पाँच हजार चार सय अमेरिकी सेना फिर्ता लाने भएको छ।तालिबान लडाकु समूहसँगको वार्तामा सहभागी एक अमेरिकी उच्च वार्ताकारले वासिङ्टनले २० साताभित्र सो संख्यामा अमेरिकी सेना फिर्ता लाने बताएका हुन्।

आप्रवासन कडाइले अमेरिकालाई नै घाटा हुन्छ

संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले आप्रवासनविरोधी नीति कडा बनाउँदै लगेको छ। ट्रम्प सरकारले वैधानिक आप्रवासनमा समेत कडाइ गर्न थालेको छ। अवैध तरिकाबाट भित्रिएका आप्रवासी भकाभक लखेटिन थालेका छन्।

अमेरिका र भेनेजुएली समाजवादी पार्टी प्रमुखबीच गोप्य वार्ता

संयुक्त राज्य अमेरिका र भेनेजुएलाको समाजवादी पार्टीका प्रमुख डियोसडाडो काबेल्लोबीच गोप्य वार्ता भएको छ। राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाउनका लागि यदि मागहरु बढेमा आफूहरुले दुव्र्यवहार र अपराधबारे अभियोजनको सामना गर्न नपर्नेबारे उनकै भित्री सर्कलका घनिष्ठ सहयोगीहरुले ग्यारेन्टी खोजेपछि अमेरिकाले भेनेजुएलाको समाजवादी पार्टी प्रमुखसँग गोप्य सम्पर्क गरेको राष्ट्रपति ट्रम्पका वरिष्ठ प्रशासकीय अधिकारीले बताएका छन्।

गाउँ पुग्दैछ विकासको लहर

एकात्मक राज्यव्यवस्था हुन्जेल भौतिक पूर्वाधार विकासको अवसर कमै मात्रै पाएको पूर्वी पहाडी जिल्ला पाँचथर संघीयता कार्यान्वयनपछि धमाधम त्यस्ता अवसर आत्मसात गर्दैछ। सानै सही, जिल्लाका विभिन्न स्थानमा भइरहेका विकास–निर्माणका कामले स्थानीयवासीमा उत्साह सञ्चार गरेको छ।

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रः ठोस व्यवस्था नगरि विधेयकमाथि छलफल

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रमा रहेका व्यक्तिको वैयक्तिक र जैविक विवरणको गोपनियता कायम राख्ने सन्दर्भमा ठोस व्यवस्था नगरिनै त्यस सम्बन्धी विधेयकमाथिको छलफल टुंगाएको छ।

‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्। उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उनले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गरेका हुन्। डिआइजी शाहले भने, ‘हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन? राज्यभन्दा ऊ ठूलो भयो? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाई हामी सचेत हुन जरुरी छ।’

मानव अधिकारको संरक्षण अदालत एक्लैको प्रयासबाट सम्भव छैन्ः जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मानव अधिकारको संरक्षण र कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन न्याय प्रणालीमा आवद्ध सबै निकाय र व्यक्तिहरुको उत्तिकै सहकार्यको आवश्यक्तामा जोड दिएका छन्।

आक्रोश बढ्दै जाँदा सयौं पक्राउ

विशेष राज्यको दर्जा खोसिएदेखि हालसम्म भारत प्रशासित कश्मीरमा कम्तीमा तीन सय जनालाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ राख्ने सहमति

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ।

मोदी सरकारले किन कश्मीरको विशेष दर्जा खोस्यो ?

भारतीय जनता पार्टीको लागि संविधानमा रहेको जम्मू कश्मीर सम्वन्धि धारा ३७० हटाउने सँधै एउटा नीति जस्तै थियो। तर जसरी परिस्थिति बनाइयो र गृहमन्त्री अमित शाहले सोमबार राज्यसभामा यसको प्रस्ताव पेश गरे यसलाई कश्मीरलाई नजिकबाट नियालिरहेका र वार्ताको लागि पहल गरिरहेकाहरुले अभूतपूर्व भनेका छन्।

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

प्रधानमन्त्री मोदीका विश्वासपात्र एवं भाजपाका प्रभावशाली नेताहरुले लगातार नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने आसयका अभिव्यक्ति दिनुलाई कतिपयले भारतको चाहना नेपाल फेरि हिन्दु राज्य हुनुपर्छ भन्ने अर्थमा बुझेका छन्। कतिपयले भने यस्ता अभिव्यक्तिलाई नेपालको आन्तरिक हस्तक्षेपका रुपमा अथ्र्याउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्