१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रादेशिक राजधानी घोषणाले दाङमा आक्रोश, अब वारपारको आन्दोलन

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि दाङमा आक्रोश चुलिएको छ। उक्त निर्णय नगर्न दबाब दिनका लागि बुधबार जिल्ला ठप्प पारेका दंगालीहरुले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन्।

राजधानी माग गर्दै दाङ बन्द

प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्।

दाङमा प्रादेशिक निर्वाचन कार्यालय   : ‘राजधानीको अर्को आधार’

शनिबार स्थापना गरिएको निर्वाचन अधिकृतका कार्यालयलाई प्रादेशिक राजधानीको अर्को बलियो आधारका रूपमा दंगालीले हेरेका छन् । संवैधानिक व्यवस्था अनुरूप उच्च अदालत भएको स्थान वा उच्च अदालतका मुकाम भएको स्थानमा पनि निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न सकिने भन्ने छ ।

दाङ– काठमाडौं हवाई सेवा सुरु

दाङस्थित टरिगाउँ विमानस्थलबाट आइतबारदेखि दाङ–काठमाडौं हवाई उडान सेवा सुरु भएको छ । पटक पटक उडान बन्द हुँदै आएको उक्त विमानस्थलमा आइतबारदेखि समिट एयरले काठमाडौंका लागि उडान भर्न सुरु गरेको हो ।

दाङमा सकियो मतगणना : वामगठबन्धन हाबी

प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ।

दाङमा डिल्ली चौधरी कांग्रेसका ‘एक्लो बिजेता’

श्रमराज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीवहादुर चौधरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ प्रदेशसभा १ बाट उनि निर्वाचित भएका हुन्।

दाङ २ मा कृष्णबहादुर महरा बिजयी

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनीधि सभा सदस्यमा माओवादी नेता एबं उपप्रधानमन्त्री कृष्णवहादुर महरा विजयी भएका छन् । शनिवार बेलुका सम्पन्न गणना अनुसार महरा ४० हजार ४२ मत प्राप्त गर्दै प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धि नेपाली कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरे ।

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाहेक दाङका सबै क्षेत्रमा बामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्। तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य उम्मेदवार कांग्रेसका दीपक गिरी मात्रै अगाडी छन्। अन्य प्रदेश तथथा प्रतिनीधिसभा सदस्यका सबै उम्मेदवाहरुलाई बामगठवन्धनले पछि पारेको छ । कांग्रेसका गिरी ८ सय ७ मतका साथ अग्रता लिएका छन् भने एमालेका हिरा चन्द्र केसीले ७ सय ६८ मतका साथ पछ्याईरहेका छन्।

तालमेलले महरा अन्योलमा, भने- ‘दाङ-२ नपाए घरमै बस्छु’

संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते ।

दाङको थारु बहुल क्षेत्रमा कांग्रेस थप बलियो

नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएपछि दाङको एउटा निर्वाचन क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने देखिएको छ । यो एकीकरणले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसलाई मजबुत बनाएको छ । यी दुई पार्टीबीच एकीकरण भएसँगै कांग्रेसले यो क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउने आकलन गरिएको छ ।

दाङमा पाँचजना डेङ्गुका बिरामी फेला

दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन्।

दाङका बाढीपीडितलाई राहत वितरण

तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई विहीबार राहत वितरण गरेका छन्।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

दाङमा बाढीले २० घर बगायो, ५० घर डुबानमा

शुक्रबार रातीदेखिको लगातार भएको वर्षाका कारण खहरे खोला तथा बबइ नदीमा आएको बढीले दाङमा २० भन्दा बढी घर बगाएको छ भने ५० भन्दा बढी घर डुबानमा परेको छ ।

मोरङ र दाङमा काँग्रेसका को-को उम्मेदवार?

नेपाली कांगेसले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर दुई बाहेक अन्य प्रदेशको उम्मेदवार टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पछिल्लो दिन लागातार भएका कार्यसम्पादन समितिको बैठकले प्रदेश नम्बर एक, पाँच र सातको उम्मेदवार टुंगो लगाएको हो। कार्यसम्पादन समितिको बुधबार बिहान बसेको बैठकले मोरङ र दाङको उम्मेदवार टुंगो लगाएसँगै अब प्रदेश नम्बर दुई को मात्र उम्मेदवार छान्न बाँकी रहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्