११ मंसिर २०८१ मंगलबार
image/svg+xml

माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाइ

नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।

अञ्जन स्पेन, किरण माल्दिभ्सतर्फ

नेपाली राष्ट्रिय फुटबल टोलीका दुई स्टार गोलरक्षक किरण चेम्जोङ र स्ट्रा्रइकर अन्जन विष्ट विदेशमा अनुभव बटुल्न माल्दिभ्स र स्पेनतिर लागेका छन्। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीका गोलरक्षक चेम्जोङ सोमबार लिग खेल्न माल्दिभ्सतर्फ जाँदा युवा स्ट्राइकर विष्ट विशेष प्रशिक्षणका लागि स्पेनको मार्बिला युनाइटेड एकेडेमी गएका छन्।

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएको थियो। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपे।

पहिलो हाफमै माल्दिभ्सविरुद्ध सावित्राको ह्याट्रिक

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपमा अहिले नेपालले माल्दिभ्ससँग खेलिरहेको छ। पहिलो हाफको समाप्तिमा नेपालले माल्दिभ्सलाई ३-० गोलले अग्रता लिएको छ। नेपालका लागि सावत्रा भण्डारीले तीनवटै गोल गरेकी हुन्।

माल्दिभ्समा अरुणालाई ट्रफी

राष्ट्रिय भलिबल टोलीकी स्पाइकर अरुणा शाहीले माल्दिभ्समा क्विन अफ दी म्याचको ट्रफी जितेकी छन्। माल्दिभ्समा जारी महिला भलिबल लिग च्याम्पियनसिपमा बिहीबार राति सम्पन्न खेलमा अरुणाको टोली फैसदाले क्लब पोल स्टारलाई २२–२५, २५–१७, २५–२०, २५–२३ ले पराजित गरेको थियो।

प्रतिभा र कोपिलाले माल्दिभ्समा खेल्ने

राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्ने भएका छन् । राष्ट्रिय टोलीकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिलाले कात्तिक १७ बाट हुने प्रतियोगितामा मिस्किनागु इमेन जी ग्लुहुन क्लबबाट खेल्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्