काठमाडौं- भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपिन्।
नेपालका लागि मञ्जली योन्जले ५२ मिनेट, सपना मल्लले ७१ मिनेट र हीराकुमारी भुजेलले ७४ मिनेट, निर्मला विकले ९०+३ मिनेटमा गोल गरेकी थिइन्।
साफको पहिलो खेलमा पनि नेपालले भुटानविरुद्ध ८-० गोलले पराजित गरेको थियो।
प्रकाशित: १३ पुस २०७३ १४:४३ बुधबार