१९ असार २०८१ बुधबार
image/svg+xml

नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर अप्रेसन

नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।

वीर अस्पतालमा शल्यक्रिया राेकियाे

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्री नभएपछि सोमवार गर्ने भनिएको नियमित अप्रेसन रोकिएको अस्पताल स्रोतले जनाएको छ।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘अपरेसन चार्ली फक्सट्रोट’ मा पक्राउ

प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायतर्फ नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी सिआइबीले प्रतिनिधिसभाका सभामुखलाई गराएको छ।

मुगुमा जहाज नआउँदा बिरामीलाई सास्ती

मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।

निकुञ्जमा शनिबारदेखि सातौं 'महाहन्ट अप्रेसन' सुरु

लाङटाङ राष्ट्रिय निकुञ्जले शनिबारदेखि महाहन्ट अप्रेसन सुरु गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि हरेक वर्ष विशेष अभियान सञ्चालन हुँदै आएको छ ।

१८ महिनापछि शल्यक्रिया सेवा सुरु

मंगलबार एक महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएसँगै करिब १८ महिनापछि गोरखा अस्पतालले अप्रेसन सेवा सुरु भएको हो।

निकुञ्जमा छैटौं महाहन्ट अप्रेसन हुँदै

लाङटाङ राष्ट्रिय निकुञ्जले आजदेखि महाहन्ट अप्रेसन सुरु गर्न लागेको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको बताइएको छ।

पित्तथैलीको अप्रेसन गर्दा विरामीको मृत्यु, अस्पतालमा नाराबाजी

पित्तथैलीमा समस्या देखा परेपछि ओम अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको छ। थापाको पित्तथैलीको अप्रेसनको क्रममा ज्यान गएको डीएसपी प्रदिप सिंहले बताए। विरामी भएर थापा गत शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्।

कामदार नहुँदा ट्रायल अप्रेसन हुन सकेन

माथिल्लो त्रिशूली थ्रि ‘ए’मा कामदार नहुँदा ट्रायल अप्रेसनको काम रोकिएको छ । आयोजनाको पहिलो युनिटमा कार्यरत चिनियाँ कामदारको वर्किङ भिसाको म्याद सकिएर स्वदेश फर्केपछि कामदार अभाव भएको हो । गत बिहीबारसम्म ट्रायल अप्रेसन सकाएर पहिलो युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य थियो । आयोजनाले यही जेठ ३ गते शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । यही जेठ ३० गते कामदार फर्कने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

मादक पदार्थ सेवन गरी डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिका प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे नियन्त्रण्मा लिएको हो।

लाङटाङ निकुञ्जमा फागुन १ देखि ‘महाहन्ट अप्रेसन’

लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन १ गते ‘महाहन्ट अप्रेसन’ सुरु गर्ने भएको छ। निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरीसिकार रोक्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो।

पाँचथर जिल्ला अस्पतालमा १२ वर्षपछि एपेन्डिक्सको अप्रेसन

पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक, साधन स्रोतको अभावमा उपचारका लागि समस्या पर्ने गरेको छ। विभिन्न किसिमका सल्यक्रिया लगायका काम हुन नसक्ने अवस्था रहेकै छ। अप्रेशनबाट प्रसुती गराउनका लागि पनि कहिले काहि अभाव खेप्नु पर्ने हुन्छ। पाँचथर जिल्ला अस्पतालमा पनि यस्तै समस्यामा गुज्रिने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्