११ मंसिर २०८१ मंगलबार
image/svg+xml

अब विपन्नको मात्रै सरकारले निःशूल्क उपचार गर्ने

सरकारले अबदेखि बिपन्न नागरिकको मात्र निःशूल्क उपचार गर्ने भएको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयका ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’मा बसेको बैैठकले यस्तो निर्णय गरेको हो।

उपचार वञ्चित आममान्छे

विराटनगरका ठूला भनिएका अस्पतालले उपचार नगरिदिएकाले कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी) ले अनाहकमा ज्यान गुमाउनुपरेको छ। त्यसले अस्पतालहरूको गैरजिम्मेवारीको पराकाष्ठालाई उदांगो पारिदिएको छ। गर्भवती थापा मंगलबार राति १० बजेतिर शौचालय जाँदा लडेर घाइते भएपछि उपचारका लागि विराटनगर लगे पनि त्यहाँका अस्पताल उनको उपचारमा तत्पर भएनन्।

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

प्रदेश ५ मा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर अस्पतालको सेवासुविधा विस्तार भएको छैन। कतै आइसियु छैन त कतै भेन्टिलेटर। कतै भएका भेन्टिलेटर पनि जनशक्ति नहुँदा त्यसै थन्किएका छन्।

जहाँ सर्पले डस्दा चुसेर उपचार गरिन्छ !

समाजमा अहिले पनि सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्यकेन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ ।

दुवै मृगौला फेल भएपछि उपचार खर्च अभाव

सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । निम्न आर्थिक अवस्था भएका चापागाईंले १ वर्षयता काठमाडौंमा उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन् ।

निर्देशन नमाने कारबाही: सरकार

कोरोना उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णयको निजी अस्पताल र अन्य सरोकारवालाले अवज्ञा गरे तिनलाई कारबाही गर्ने सोच सरकारले बनाएको छ ।

उपचार नपाएर ज्यान गुमाउँदै

कोरोना संक्रमणको जोखिमका बीच अस्पतालले भर्ना लिन नमान्दा सामान्य बिरामीहरूले अकालमै ज्यान गुमाउने क्रम बढेको छ। उपचार प्रयासमा भौंतारिँदा त्यस्ता बिरामीका परिवारजन पनि अनेकौं कठिनाइ भोग्न बाध्य छन्। सम्पत्ति हुनेहरूले हेलिकोप्टर चार्टर गरेर काठमाडौंलगायतका सुविधासम्पन्न अस्पतालमा पु¥याएर बिरामीको उपचार गराइरहेका छन्। भाग्यमानीहरू संयोगले जोगिएका छन्।

कोरोना उपचार औषधि किन्न आनाकानी

कोभिड–१९ (कोरोना विषाणु) संक्रमितका लागि अत्यावश्यक औषधि ‘रेमडेसिभिएर’ खरिद गर्न सरकारी निकाय औषधि व्यवस्था विभाग (डिडिए) ले १२ दिनदेखि आनाकानी गरिरहेको छ। कोरोनाका लागि भारत, पाकिस्तान, बंगलादेशले प्रयोगमा ल्याएको यो औषधि चिकित्सकहरूले नेपालमा पनि प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ तर विभागले आनाकानी गर्दा ढिलाइ भइरहेको छ।

कर्णालीमा कोरोनाः ४२ हजार परीक्षण गर्दा १९ सय बढीमा कोरोना

कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।

कोरोनासिर्जित दुर्लभ अवसर

कुनै पनि संकटले समस्यामात्र सिर्जना गर्दैन बरु अवसर पनि प्रदान गर्छ तर यसलाई उपयोग गर्न भने सक्नुपर्छ।

निजी अस्पतालमा पनि कोरोना उपचार

सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन् ।

सर्पदंशका बिरामीलाई उपचारमा सहज

कैलाली घोडाघोडी नगरपालिका–४ का १३ वर्षीया करिष्मा रतौकेलाई गत बुधबार कोब्रा सर्पले टोक्यो। उनलाई नेपाली सेनाको काली रक्षा गण (ई) ले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा ल्याइयो। बिषालु सर्पको टोकाइले ज्यानमै केही हुन्छ भनेर परिवारका सबैजना आत्तिएका थिए तर २ दिनमै उपचारपछि निको भएर उनी घर फर्किन्।‘सर्पले टोकेपछि के हुन्छ भनेर निकै डर लागेको थियो, २ दिनमै निको भएर घर फर्के,’उनले भनिन्।

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ ।

जटिल अवस्थामा बागलुङबाट पोखरा रिफर गरेकी गर्भवतीको बेनीमा सफल उपचार

गम्भीर अवस्थाकी एक गर्भवती महिलालाई धौलागिरी अञ्चल अस्पताल बागलुङले पोखरा रिफर गरेपछि बाटोबाटै फर्किएर बेनी अस्पताल म्याग्दीमा सफल उपचार भएको छ ।

उपचार अभावमा ज्यान गुमाएका राजु र वीरेन्द्रसहित तीन परिवारलाई प्रदेश सरकारको ५ लाख

उपचार नपाएर मृत्यु भएका धनुषाका राजु सदा र वीरेन्द्र गुरमैता यादवसहित अकालमै ज्यान गुमाएका तीन परिवारलाई प्रदेश २ सरकारले राहत प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्