परराष्ट्रमन्त्री आज अमेरिका जाँदै
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उच्च स्तरीय भ्रमणका लागि आज अमेरिका प्रस्थान गर्दैछन्। उनी अमेरिकी विदेशमन्त्री मिसेल आर पम्पियोको निमन्त्रणामा अमेरिका जान लागेका हुन्। मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पम्पियोबीच मंगलबार वासिङटन डिसिमा भेटवार्ता हुनेछ।