४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा सहयोगी राष्ट्रलाई हुवाईको सेवा नलिन आग्रह

वासिङ्टन- वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ। 

साइबर सुरक्षाको खतरा देखाउँदै ‘वायरलेस’ तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वासिङ्टनसँग सहकार्य गर्दै आएका यूरोपेली तथा एसियाली मुलुकलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवेईद्वारा प्रबाह गरिने सेवा तथा उक्त कम्पनीद्वारा निर्मित सामग्रीलाई प्रयोग नगर्न आग्रह गरेको वाल स्ट्रिट जर्नलमा उल्लेख छ। 

हुवाईका सामान बढी प्रयोग हुने जर्मनी, इटाली र जापानजस्ता अमेरिका निकट मानिने राष्ट्रहरूका खासगरी सरकारी अधिकारीलाई लक्षित गरी अभियान चलाइएको उक्त पत्रिकामा उल्लेख छ। 

अमेरिकाले चिनियाँ कम्पनीमा निर्मित सामान प्रयोग नगर्ने मुलुकलाई उनीहरूको दूरसञ्चार विकासका लागि थप आर्थिक सहयोग गर्ने पनि पत्रिकामा उल्लेख गरिएको छ। 

विश्वको सबैभन्दा धेरै दूरसञ्चारका सामग्री उत्पादन गर्ने तथा सेवा प्रदानगर्ने मध्ये एक हुवाईमाथि अमेरिका तथा अष्ट्रेलियाजस्ता केही मुलुकमा उक्त कम्पनीको बेइजिङसँगको निकट सम्बन्धका कारण सुक्ष्म अनुसन्धान पनि भइरहेको बताउने गरिएको छ। 

चिनियाँ गुप्तचर निकायसँग हुवार्इको आवद्धता रहेको दावी गर्दै अमेरिकाले सुरक्षा खतराबारे आफुमाथि लगाएको आरोपको हुवाईले खण्डन गरेको छ। 

प्रकाशित: ८ मंसिर २०७५ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App