२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिएका छन्। यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिएका हुन्।

अमेरिका–इरान द्वन्द्वको अन्तर्कथा

सैनिक शक्तिद्वारा होइन, कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सोच अमेरिकामा आयो भने कासिम सोलेमनीको हत्याले निम्त्याउने संकट टार्न सकिनेछ।

खाडीमा १० लाख नेपाली प्रभावित

संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

इरान-अमेरिका तनावः ट्रम्पद्वारा नयाँ सम्झौतामा जोड

इराकस्थित अमेरिकी हवाई शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी हवाई सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरिएका हुन्।

शान्ति सेनाकै एयरबेसमा मिसाइल प्रहार

मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो

अष्ट्रेलियामा भइरहेको आगलागीबाट उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ। अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ।

नेता किमले गरे उच्चस्तरीय नेताहरुसँग छलफल

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन्। संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमतिविपरीतवार्ता स्थगित गरिएको अवस्थामा उनले सत्तारुढ वर्कर्स पार्टीका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ।

एक वर्ष शरणार्थी क्याम्पमा बसेर नेपाल फिर्ता

अवैध रुपमा अमेरिका छिर्ने ९६ जना नेपालीलाई एक वर्षको अवधिमा अमेरिकी अध्यागमन विभागले फर्काइसकेको छ। साउन यतामात्रै ६५ जना फर्किएका छन्।

अमेरिकाद्वारा नेपाली सेनालाई दुई स्काई ट्रक हस्तान्तरण

नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे।

चीनद्वारा ट्यारिफ योजना स्थगित

विश्वका दुई ठूला अर्थतन्त्रबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रूपमा हेरिएको छ।

चीनद्वारा अमेरिकी वस्तुमा करवृद्धि योजना स्थगित

चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ।

अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ।

अमेरिकाको डकोटामा बिमान दुर्घटना, नौ जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

अमेरिकालाई चीनको चेतावनी

हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरिरहे अमेरिकाविरुद्ध ‘दृढ प्रतिक्रियात्मक कदम’ चाल्ने चेतावनी चीनले दिएको छ। पछिल्लो पाँच महिनादेखि हङकङमा लोकतन्त्र पक्षधरले सरकारविरोधी प्रदर्शन गरिरहे पनि मुखै खोलेर चीनले अमेरिकालाई चेतावनी दिएको यो पहिलो पटक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्