२० आश्विन २०८१ आइतबार
image/svg+xml

मोदीको कश्मीर नीतिः विदेशी सांसदलाई स्वागत, भारतीयलाई प्रतिबन्ध !

जम्मू कश्मीरको विशेष मान्यता खारेज गरेपछि पहिलो पटक युरोपका २७ सांसदको प्रतिनिधिमण्डल कश्मीरको स्थलगत अवलोकनका लागि जाँदैछ।

अफगानिस्तानमा युद्धविरामका लागि ईयूको आह्वान

युरोपेली संघ (ईयू) का अधिकारीहरुले अफगानिस्तानमा युद्धविरामका लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रूपमा काबुलको भ्रमण गरेलगत्तै ईयूले युद्धविरामको आह्वान गरेको हो ।

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । उनले काठमाडौं, ललितपुर, काभ्रेमा २३ अन्तर्राष्ट्रिय ब्रान्डेड कपडाका ३४ आउटलेट सञ्चालन गरेका छन् ।

युरोपेली संघ र बेलायतबीच नयाँ सम्झौता

बेलायत र युरोपेली संघको वार्ता टोलीबीच बेल्जियमको राजधानी ब्रसेल्समा हुन लागेको बैठकअघि युरोपेली संघबाट बेलायतको बहिर्गमनको विषयमा सहमति भएको हो।

बेल्जियम छनोट हुने पहिलो टोली

सान मारियोमाथि ९–० को रबाफिलो जित हात पारेसँगै बेल्जियम २०२० को युरोपियन च्याम्पियनसिपमा छनोट हुने पहिलो टोली बनेको छ।

अर्सनल र युनाइटेडको विजयी सुरुवात

युरोपा लिग फुटबलमा आर्सनल र म्यान्चेस्टार युनाइटेडले विजयी सुरुवात गरेको छ। बिहीबार सम्पन्न खेलमा अर्सनलले फ्र्यांकफर्टलाई ३–० ले र म्यान्चेस्टार युनाइटेडले एस्टानालाई १–० ले पराजित गरेको छ।

पूर्व खेलाडी डि–मारियाको गोलमा रियल पराजित, युभेन्टस रोकियो

पिएसजीको जितमा म्याड्रिड कै पूर्व खेलाडी एन्जल डि मारिया नायक बने। उनले खेलमा दुई गोल गरे। पिएसजी आफ्ना स्टार खेलाडीहरू केलिएन एमबाप्पे, एडिसन काभानी तथा नेइमार बिना नै मैदानमा उत्रेको थियो।

डिफेन्डिङ च्याम्पियन लिभरपूल पराजित, बार्सिलोना रोकियो

लिभरपूल युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ। गएराति सम्पन्न खेलमा इंलिस क्लव लिभरपूल इटालियन क्लब नापोलीसँग पराजित २–० गोल अन्तरले पराजित भएको हो।

युरोपेली संघ प्रमुखसँग भेट्दै बेलायती प्रधानमन्त्री

स्कटल्यान्डको अदालतका न्यायाधीशले संसद् निलम्बन गर्न बेलायती प्रधानमन्त्री जोनसनले महारानी एलिजाबेथलाई दिएको सल्लाह गलत भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

जर्मनीको सम्भावना बलियो

नर्दन आयरल्यान्डमाथि २–० को जितसँगै जर्मनीले सोमबार युरोपेली छनोट २०२० मा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ। समूह ‘सी’ अन्तर्गतको खेलमा शीर्ष स्थानमा नर्दन आयरल्यान्डमाथि जित हात पारेसँगै जर्मनी शीर्ष स्थानमा समेत फर्किएको छ। यसअघि गत साता सम्पन्न खेलमा जर्मनी नेदरल्यान्ड्ससँग ४–२ ले पराजित भएको थियो।

समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ। सांसदहरुले सहमतिबिनाको युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोक्न सक्ने विधेयक पारित गरेपछि प्रधानमन्त्री जोनसनले संसद्मा आमनिर्वाचनसम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

भर्जिललाई युइएफएकाे दुई अवार्ड

लिभरपुलका डच स्टार भर्जिल भान डायक ‘युइएफए प्लेयर अफ दी इयर’ घोषित भएका छन्। युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समूहचरण सार्वजनिक समारोहमा युइएफएले बिहीबार नेदरल्यान्ड्सका रक्षक डायकलाई युइएफए प्लेयर अफ दी इयरको उपाधि प्रदान गरेको हो।

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।

ब्रेक्जिटबारे जनसन र म्याक्रोंबीच कुराकानी

म्याक्राेंले बेलायती प्रधानमन्त्रीसँगको भेटमा बेलायतको इयूबाट हुने बहिर्गमनका लागि अबको एक महिना ‘उपयोगी’ वार्ता गर्न आग्रह गरेका थिए

आप्रवासी तथा शरणार्थीको भार समान बनाउन आग्रह

युरोपमा पुग्ने आप्रवासी शरणार्थीको भारलाई समान रूपमा वितरण गर्न ग्रीसले युरोपेली संघ (ईयू) सँग सोमबार आग्रह गरेको छ। ग्रीसका केही टापु हुँदै युरोप प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या गत केही सातायता व्यापक बढेपछि ग्रीसले उनीहरुको व्यवस्थापनलाई लिएर ईयूमा चिन्ता व्यक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्