२८ असार २०८२ शनिबार
image/svg+xml

मोटरसाइकल दुर्घटना हुँदा नागार्जुनमा एक जनाको मृत्यु

शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई बस्ने ४८ वर्षीय हिरालाल सुनारले चलाएको बा.प्र.०१-०२६ च २६०५ नम्बरको डि.आई. गाडीले रामकोट घर भएका ३५ वर्षीय कृष्ण थापाले चलाएको बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूर्णिमाको ह्याट्रिकमा नेपालको सुखद सुरुआत

नेपालको जितमा पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गरिन्। सेनु परियारले दुई गोल थपिन्। नेपालले पहिलो हाफमा तीन गोल गरेको थियो।

दीपेन्द्र प्रकाश केसीको ‘मेरी आमा’ गीत सार्वजनिक (भिडियो)

सन्तकुमार केसीको रचना र रमेश क्षितिज गिरीको संगीत रहेको यो गीत रोमश भण्डारीले संगीत संयोजन गरेका छन्।

मोरङ उद्योग व्यापार संघद्वारा मौद्रिक नीतिको स्वागत

संघले मौद्रिक नीतिले मुलुकको आर्थिक स्थायित्व, वित्तीय समावेशीकरण र निजी क्षेत्रको पुँजी निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

साह र सोनारलाई जनमतले सोध्यो स्पष्टीकरण

जनमत पार्टीले गैरआवासीय मधेसी सङ्घका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधेको छ।

फाप्ला क्रिकेट रंगशाला : सुदूरपश्चिमको सपना साकार हुँदै

मन्त्री देउवाका अनुसार फाप्ला क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित सबै प्राविधिक तयारीहरू यसअघि नै सम्पन्न भइसकेका छन्।

जनमतका असन्तुष्ट नेताहरूले थाले 'जनस्वाभिमान यात्रा'

जनमत पार्टीका असन्तुष्ट नेताहरूले 'जनस्वाभिमान यात्रा' सुरु गरेका छन्। पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलगायत नेताहरूले शुक्रबार (आज) रौतहटबाट यात्रा सुरु गरेका हुन्।

जुवा खालबाट १० जना पक्राउ, १ लाख बढी नगद बरामद

लासीबजारमा ४८ वर्षीया उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित १० जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा संघसंस्थाले उनलाई सम्मान गरेका हुन्।

एयरपोर्टका कर्मचारीलाई नैतिक संहिता: देशको मुहार झल्किने ठाउँमा आत्मीय व्यवहार

अन्तर्राष्ट्रिय विमानस्थललाई ‘देशको मुहार झल्किने ठाउँ’ मानिन्छ। विदेशबाट आउने आगन्तुक तथा पर्यटकका पहिलो पाइला टेक्ने ठाउँ नै विमानस्थल रहने भएकाले विश्वव्यापी रूपमै त्यो मान्यता कायम छ।

टोप बहादुरको पक्षमा पनि हस्ताक्षर सङ्कलन, राजनीतिक प्रतिशोध साँधिएको आरोप

नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा पनि हस्ताक्षर अभियान सञ्चालन गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी अहिले थुनामा छन्।

विद्युत् उत्पादन बढाउँदा खरिद सुनिश्चितता जरुरी : अर्थमन्त्री पौडेल

करको दायरा र दर दुवै बढाउनुपर्ने बताउँदै उनले सरकार स्थिर कर नीतिको पक्षमा रहेको प्रस्ट पारे।

पत्रकार महिलाहरूको अक्षय कोषमा ५१ लाख संकलन

महिला पत्रकारहरूद्वारा मोफसलमा स्थापित यो सबैभन्दा ठूलो राशिको अक्षय कोष र पुरस्कार हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्