७ वैशाख २०८१ शुक्रबार

सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।

सांसदहरुको ओज र गरिमा खस्किएको छ : चालिसे

प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले संसद् र पार्टीभित्र गुट–उपगुटमा मनमुटान, सत्ता र प्रतिपक्षबीच घोचपेच र जुहारी जस्ता प्रवृत्तिले सांसदहरुको ओज र गरिमा खस्किएको बताएका छन्।

इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।

‘मिसन–८४’ अघि प्रतिष्ठाको खोजी

गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इ

घरघरमा राजनीति छ, उत्पादन कर्ममा को लाग्ने? : यादव

प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।

अर्थतन्त्र सन्तोषजनक नहुँदासम्म वैदेशिक राेजगारी राेक्नु हुन्न : गुप्ता

प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले देशको अर्थतन्त्र बलियो नहुँदासम्म वैदेशिक रोजगारी प्रक्रिया रोक्न नमिल्ने बताएका छन्।

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।

सांसद बोलिरहने र सरकार सुनिरहने मात्रै छ : अनिता देवी

प्रतिनिधिसभा सदस्य अनिता देवीले राष्ट्रिय चासोका विषयमा दलीय स्वार्थभन्दा माथि उठेर एकताबद्ध भई जान सकिएमा अपेक्षित परिणाम दिन सकिने बताएकी छन्।

विपक्षी बेन्चमा चम्किँदै कांग्रेस

विपक्षी बेन्चमा भएर पनि सत्तापक्षजस्तो देखिने गरेको आरोप लाग्दै आएको नेपाली कांग्रेस यसपटक संघीय संसद्मा आक्रामक रूपमा प्रस्तुत भएको छ।

शक्ति र पहुँचका आधारमा नभई आवश्यकता हेरेर बजेट छुट्याइनुपर्छ : शाह

प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले शक्ति र पहुँचका आधारमा नभई आवश्यकता हेरेर बजेट छुट्याइनुपर्ने बताएका छन्।

दुई दशकदेखि सरकारमा जाने र शान्ति प्रक्रिया अड्काउने मात्र गरियाे : विक

प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन्।

सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी छ : चौधरी

प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन्।

सांसदको भूमिका ‘हुन्छ र हुन्न’ भन्नेभन्दा थप देख्दिनँ : लामा

प्रतिनिधिसभा सदस्य विना लामाले सांसदहरुलाई कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित गरिएको बताएकी छन्।

नेपाली राजनीतिमा सेवाभाव देखिँदैन : नेपाली

प्रतिनिधिसभा सदस्य शिव नेपालीले राजनीति जनताको सेवाका लागि गरिने भएकाले यस क्षेत्रमा सेवा भाव नितान्त अभाव रहेकाे बताएका छन्।

नागरिक तहबाट मात्रै समृद्धि यात्रा : सावा

प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिक तहबाट भएका समृद्धि यात्राले मात्र सार्थकता पाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्