१० मंसिर २०८१ सोमबार
image/svg+xml

विप्लव समूहका कार्यकर्ताद्वारा राजीनामा

नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ताले आज प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन्। स्याङ्जाको भीरकोट नगरपालिकाका दुई कार्यकर्ताले नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको दक्षिणी मिक्लाजुङ ६ बाट ताप्लेजुङ घर भएका विप्लवका कार्यकर्ता पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका जाजरकोट अध्यक्ष खड्कबहादुर सिंहलाई शुक्रबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार फरार रहेका उनलाई वीरेन्द्रनगर–१० पदमपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।

कार्यकर्ता पोस्दै ठिक्क

विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन्। त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो। दुई वर्ष यता भने स्थिति फेरिएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएका छन्। साथै सर्वसाधारणले विकासको समानुपातिक वितरण प्रणालीको अपेक्षा गरेका छन्। तर गत दुई वर्षको अभ्यासले भने जनअपेक्षा पूरा हुने कुनै संकेत गरेको छैन। स्थानीय सरकारको दुई वर्षको गतिविधिले जनतालाई पुरानो शासन प्रणालीको भन्दा फरक अनुभूति गराउन सकेको छैन। बरु गाउँगाउँमा सिंहदरबारका नाममा सञ्चालित स्थानीय सरकारप्रतिको विश्वसनीयता खस्किँदै जान थालेको छ।

सोलुखुम्बुमा कांग्रेसका २० नेता कार्यकर्ता पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन्।

यसरी मारिएका थिए भोजपुरमा प्रहरीसहित विप्लव कार्यकर्ता

भोजपुर जिल्लाको बीच बजारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता र सादा पोशाकमा खटिएका प्रहरीबीच गोली हानाहान भएपछि जिल्लामा सन्त्रास छाएको छ।

कांग्रेस कार्यकर्ताको सुझाव : ‘केन्द्रबाट नै सच्चिएर आऊ’

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिले पार्टी नेतृत्व तहबाट गुटबन्दी भएको भन्दै त्यसलाई सच्याएर मात्र जिल्ला आउन तल्लो तहका नेता तथा कार्यकर्ताको सुझाव रहेको बताएका छन्। पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छलफलमा केन्द्रीय प्रतिनिधिले गुटबन्दीको अन्त्य केन्द्रीय तहबाटै गर्नुपर्ने धारणा तल्लो तहका नेता तथा कार्यकर्ताको मत रहेको सुनाएका हुन्।

कार्यकर्ता पोस्न साढे १० करोड बजेट

पूर्वाधार विकास कार्यालय वीरगन्जका प्रमुख सञ्जय साहले विद्यालय, मस्जिद, कब्रस्तान, खेल मैदानलगायतनिर्मण र मर्मतका योजनाहरूलाई प्राथमिकता दिएर आर्थिक वर्ष सकिनै लाग्दा सो बजेट रकम आएको र यतिखेर काम सुरु गर्दा २० प्रतिशतभन्दा बढी काम हुन नसक्ने स्पष्ट पारे।

विप्लव समूहका सेक्रेटरीसहित १८ नेता तथा कार्यकर्ता पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहका १८ नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मिलन राई र जिल्ला अध्यक्ष काजी गुरुङ, लगायत १८ जना रहेका छन्।

विप्लवका १२ कार्यकर्ता पक्राउ, ८ स्थानमा बम निष्क्रिय

प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार दलित मुक्ति मोर्चा झापाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्।

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।

कार्यकर्ता जस्तै नेता इमान्दार बन्ने अपेक्षा

जागरण अभियान लिएर कांग्रेस गाँउ पसेको दुई साता भएको छ। अभियानले कार्यकर्तालाई नेतासँग जोड्ने जनअपेक्षा छ। सोही अपेक्षाअनुरूप प्रदेश ५ का १२ वटै जिल्लामा भ्रातृ संगठनको भेला, कार्यकर्ता प्रशिक्षण तथा भेटघाट र पार्टीबाट निर्वाचित पालिकाका प्रमुख, सांसदसँग कार्यक्रम गरिएको पार्टीले बताएको छ।

टोल–टोलमा कार्यकर्ता जगाउँदै कांग्रेस

राप्तीसोनारी–२ कचनापुरका कांग्रेस क्रियाशील सदस्य हर्षबर्धन चौधरीको व्यस्तता अचेल धेरै बढेको छ। पार्टीले सुरु गरेको जागरण अभियानलाई टोल–टोलमा पु¥याउन उनी केही दिनयता सक्रिय छन्। ‘पार्टीको जागरण अभियान टोल–टोलमा पुगेको छ, कार्यकर्तामा छुट्टै खालको उत्साह देखिन्छ,’ चौधरीले नागरिकसँग भने, ‘हामीले टोल–टोलमा पुगेर वर्तमान सरकारले गरेका नराम्रा कामबारे जनतालाई जागरुक पार्ने काम गरिरहेका छौं।’

गुटबन्दीले कार्यकर्ता निरास

कांग्रेसका केन्द्रीय नेताहरूको व्यवहारले कार्यकर्तामा निराशा छाएको छ। केन्द्रमा नेतैपिच्छेको गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हु“दा कार्यकर्ता निरास भएका हुन्। केन्द्रीय नेताहरू सानो सानो झुण्डको नेतृत्व गर्न थालेपछि पार्टीलाई नेतृत्व गर्ने नेताकै अभाव देखिन थालेको तत्ला तहका नेता तथा कार्यकर्ताको गुनासो छ। केन्द्रीय नेता एक ढिक्का हुन नसकिरहेका बेला चलाएको जागरण अभियानले पनि तल्ला तहका नेता कार्यकर्तालाई संकोच पैदा गरिरहेको छ। तल्लो तहका कार्यकर्तालाई नभई केन्द्रीय तहकै नेतालाई जागरण अभियानको खा“चो देखिएको नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेल बताउ“छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्